जापान । नेपाल मगर संघ जापानको आयोजनामा टोकियोमा भुम्या पर्वको अवसर पारि बृहत् बिबिक्यु कार्यक्रम गर्ने भएको छ ।
नेपाल मगर संघ जापानको आयोजनामा जुन महिनाको १८ तारिख १० बजेबाट टोकियोको कासाई रिंकाई पार्कमा बृहत् बिबिक्यु तथा भुम्या पर्वको विशेष कार्यक्रम गर्न लागेको संघका महासचिव रामहरी खपाङगी मगरले बताउनु भयो ।
जापानवासी नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन नेपाल मगर संघ जापानको आयोजनामा भुम्या पर्वको अवसरमा बृहत् बिबिक्यु विशेष कार्यक्रम गर्ने भएकोले सबै संघसंस्थाका प्रतिनिधिलाई उपस्थितिको लागि अध्यक्ष ओम मगरले अनुरोध गर्नु भएको छ ।
मगर समुदायको बिशेष पर्ब भूम्या पर्ब जापानको टोकियो शहरमा बिबीक्यूसंगै नाच्ने र नचाऊने, भुम्या नाचको साथ भरपुर मनोरञ्जनको लागी पूर्ण तयारी गरेको जानकारी गराउँदै जापानबासी मगर तथा गैर मगर सबैलाई उपस्थितको लागि संघले अपिल गर्नु भएको छ ।

