बिहिबार, बैशाख ०६, २०८१

पर्वत समाज जापानले रमाइलो म्युजिक एक्प्रेस सांगीतिक कार्यक्रम गर्ने

टोकियो । पर्वत समाज जापानले रमाइलो म्युजिक एक्प्रेस सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले सांगीतिक कार्यक्रम गर्ने भएको हो।
रमाइलो म्युजिक एक्प्रेस नाम दिईएको सांगीतिक कार्यक्रम यही मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा हुन लागेको छ ।
नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, बिमल राज क्षेत्रि, एलिना चौहान र सुस्मिता क्षेत्रिको बेजोड प्रस्तुतिको साथमा हुने भएको हो ।

जापानको टोकियोका साथमा फुकुओकामा मे २२ तारिख सोमवार र निगातामा जुन ४ तारिख आईतवारलाई कार्यक्रम तयभएको साथै अन्य शहरमा पनि कार्यक्रम गर्न ईच्छुकले कार्यक्रम संयोजक तथा समाजका महासचिब राम बाँस्तोलासँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार सँगै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्‍याउनुका साथै गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी पठनपाठनमा सघाउनु मुख्य उद्देश्य रहेको समाजका अध्यक्ष सुभास लामिछानेले बताउनुभयो ।
पवित्र उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको सह-आयोजकमा बागलुङ समाज, कास्की पोखरा समाज, स्याङ्जा समाज र मोना जापान रहेकोले पनि कार्यक्रमले थप सार्थकता पाएको बताएकी छिन ।

दुई प्रकारका टिकट मध्ये सामान्यको लागि ३ हजार येन र बिशिष्ठको लागि १० हजार येन तोकेको छ।