मङ्गलबार, बैशाख ०८, २०८३

मनाङ सोसाईटी जापानको अध्यक्षमा राजु लामा सर्वसहमत चयन

जापान । हिमालपारीको जिल्ला मनाङको साझा संस्था मनाङ सोसाईटी जापानको ५औं अधिवेशन सम्पन्न भएको छ ।
जापानको कावासाकीमा आइतबार सम्पन्न अधिवेशनबाट सर्बसम्मत राजु लामा (तेन्जेन)को अध्यक्षमा १५ जनाको कार्यसमति चयन भएको छ ।

मनाङ सोसाईटी जापानको अध्यक्ष राजु लामा ( तेन्जेन), उपघ्याक्षहरुमा नरेन्द्र घले, सोनाम ढिकी लामा (लच्चुंग), रेजिना लामा चयन भएका छन भने सचिवमा मनोज गुरुङ, दावा लमु लामा, यागंचुंग ठकुरी सर्वसहमति चयन गरेको हो।
त्यस्तै कोषाध्यक्षमा श्रृजना घले, लुना घले, सदस्यहरू युटेन लामा, ज्योति घले, रामकृष्ण घले, दिपेन्द्र गुरुंङ, ज्योत्सना लामा, गुमन गुरुङ चयन भएको अनिता गुरुङले जानकारी दिनु भयो ।