जापान । नेकपा(एमाले) केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा निवर्तमान संसद सुर्य पाठकले पार्टी नेताहरुको जीवन शैली पारदर्शी हुनु पर्ने बताउनु भएको छ।
प्रवासी नेपाली मंच जापानका पूर्व अध्यक्षसमेत रहेका पाठकले एमालेका नेताहरुको जीवन-शैली कसरी चलेको छ? परिवार कसरी पालेको छ ? बालबच्चा कसरी पढाएको छ ? यस विषयमा स्पष्ट हुन जरुरी रहेको टोकियोमा एक कार्यक्रममा बताउनु भएको हो ।
पार्टी प्रवास संगठन प्रवासी नेपाली मंच जापानले आयोजना गरेको भेटघाट कार्यक्रममा सो कुरा बताउदै जनवर्गीय संगठनलाई चलायमान गराएर जान र प्रवासको संगठनलाई ब्यवस्थित गर्नु पर्ने कुरा थप्नु भयो ।
सो भेटघाटको बोल्नेक्रममा पार्टीको दृष्टिकोण र नीति कार्यक्रम स्पष्ट भई दलाल पूँजीवादी विरुद्ध लागि उत्पादनमुखी काममा लाग्नु पर्ने बताउनु भएको छ । पार्टीमा २-४ जना नेताले गर्दा पार्टी बदनाम हुन लागेको बताउदै यस्तालाई निर्मम भएर कार्बाही गर्नु पर्ने बताउनु भयो ।
पार्टीमा नयाँ युवाहरुलाई पार्टीमा स्थान दिनु पर्ने र एमालेका साथीहरु आतिनु नपर्ने जिकिर गर्नु भयो।
त्यस्तै एमाले बागमती प्रदेश सदस्य पर्शु बस्नेतले एमालेलाई देशी-विदेशी शक्तिबाट घेराबन्दी बनाएको बताउदै जनताले अहिले नयाँ कुरा खोजेका बताउनु भयो।
प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेलको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजेन्द्र श्रेष्ठले संचालन गर्नु भएको थियो ।

