शुक्रबार, कार्तिक २३, २०८१

जनजाति महासंघ जापानको अगुवाईमा टोकियोमा मनायो बुद्ध जयन्ती

 टोकियो,२५ बैशाख । नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्दको २५६१औं जयन्ति मनाएका छ ।

आइतवर ईचिगायामा रहेको बौद्द गुम्बामा औपचारिक कार्यक्रमको साथमा पुजा गरि बुद्द जयन्ति मनाएको हो ।

जनजाति महासंघ, जापानको आयोजनामा भएको कार्यक्रममा मन्तब्य राख्दै वक्ताहरुले बुद्दको जन्मस्थल लुम्बिनि नेपालमा हो भनेर अन्तराष्ट्रिय स्तरमै ब्यापक प्रचार प्रसार गर्नु पर्ने बताए। कार्यक्रममा मन्तब्य राख्दै जापानका लागि नेपालको कार्यबाहक राजदुत कृष्णचन्द्र अर्यालले बुद्दले देखाएको बिश्व शान्ति,अहिंसा र सदभावको मन्त्र सबैले अनुसरण गर्नु पर्ने बताउदै बुद्द, बौद्द धर्मावालम्बिहरुको मात्र नभएर नेपालकै गौरव रहेको बताए।बुद्दको जन्मभुमि भएकै कारणले थुप्रै जापानीहरुले नेपालमा लगानी गर्न ईच्छा देखाएको पनि अर्यालले बताए। कार्यक्रममा उपस्थित भक्तजनहरुलाई भिक्षु अन्जु सान ‘रमा’ले आशिर्वाचन गर्दै बुद्दले दिनु भएको शान्ति र अहिंसाको मार्गमा सबै हिडनु पर्ने बताए। नेपाल सरकारका पर्यटन दुत तथा एनआरएन जापानका महासचिव अनुज थापाले बुद्दले दिएको ज्ञानलाई नेपालीले संच्चिकै ब्यबहारमा उतर्न सकेमा देश पुन: शान्तिको भुमि हुने र यसले देशको पर्यटन उधोगलाई ठुलो योगदान हुने बताए। नेपाल तामाङ समाज, जापानका संस्थापक अध्यक्ष रेख ब्लोन तामाङले जापानको शैक्षिक सामाग्रीमा बुद्दको जन्मभुमि भारत भनेर लेखिएकोले त्यसलाई सच्याउनको लागि कुटनैतिक स्तरमै पहल हुनुपर्ने बताए। कार्यक्रमका अर्का वक्ता आदिबासी जनजाति महासंघका पुर्ब महासचिव डाक्टर दिनेश मानन्धरले नेपालीले संचालन गरेको रेष्टुरेन्टहरुले ईन्दो- नेपाल रेष्टुरेन्ट भनेर लेख्दा नेपाल भारतकै एउटा प्रान्त हो कि भन्ने भ्रम जापानीहरुमा परेको बताए । साथै नेफ़िन जापानका सलाहकार शरदकुमार गौचनले मन्तब्य राख्दै हामि सिंङ्गो जनजातिकै लागि ईतिहास कोर्न सफल, गौरवमय ब्यक्तित्व तथा शाहसिक, क्षमतावान, स्व. मिनबहादुर शेरचनले ७६ बर्षको उमेरमा बयोवृद्ध सगरमाथा आरोहि विश्व कृतिमान कायम र सिंङ्गो राष्ट्रकै निमित्त केहि दिन अघि मात्र आफ्नो ज्यानै समर्पण गर्नु भई हाल ८६ बर्षिय स्व. शेरचनलाई संम्झदै १ मिनेट मौन धारण सहित विविध चर्चा र स्मरण पनि गरिएको थियो ।

ईचिगायामा स्थित निप्पोनजान मियोहोजी गुम्बामा भएको कार्यक्रम महासंघको अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा भएको थियो भने सचिव देबिबहादुर ईङनामले संचालन गरेका थिए ।

तस्विर : चसिला लामा