जापान। दोलखा समाज जापानको चौथो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । दोलखा समाजका अध्यक्ष महेश खडकाको सभापतित्वमा आइतबार सम्पन्न अधिवेशनमा गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
ओएनएफ जापानका अध्यक्ष कुल चन्द्र खरेल, एनआरएनए आईसिसि क्षेत्रीय संयोजक ददिवल खड्का, एनआरएनए आईसिसि सदस्य नर बहादुर थापा एनआरएनए जापानकी उपाध्यक्ष,संगिता अधिकारी सुवेदी,एनबिए जापानका अध्यक्ष बिजय थकाली,एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, नेफिन जापानका वरिष्ठ उपाध्याय श्री गुरुङ, तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङ, नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतम, पुर्वि नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष अमित गौतम, दोलखा समाज जापानका संरक्षक नवराज थापा, कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
टोकियोमा सम्पन्न चौथो अधिवेशनले रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षहरुमा महेन्द्र राउत र श्री खड्का, महासचिव नारायण खड्का, सचिवमा बिनय गुरुङ, कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन हुनु भएको छ ।
त्यसैगरि समाजको नयाँ कार्यसमितिको सदस्यहरुमा, अरुण श्रेष्ठ, अनुप खड्का, कैलाश बमजम तामाङ, कुमार खड्का,दिपेन्द्र कार्की, बसन्त तामाङ, सरोज बस्नेत, गोपी कार्की, पार्शुक पोखरेल, बिष्णु खड्का, दिपक खड्का, पासाङ शेर्पा पदेन सदस्यमा अन्जान बस्नेत (दोलखा समाज जापान कान्साई क्षेत्रिय समिति संयोजक)लाई चयन गरिएको निर्वाचन समिति संयोजक लोकराज चौलागाईले बताउनु भयो ।

