मङ्गलबार, बैशाख ०८, २०८३

माउन्ट फुजीको दुर्घटनामा निधन भएका शेर्पाको जापानमैं दाहसंस्कार गरिने

टोकियो । जापानको माउन्ट फुजी आरोहणमा गएका एक नेपाली युवाको दुर्घटनामा परी निधन भएका सर्की छिरिङ शेर्पाको जापानमैं दाहसंस्कार गरिने भएको छ ।

गत मार्च ३१ को बिहान ३ बजेतिर सोलुखुम्बु नाम्चे घर भएका सर्की छिरिङ शेर्पा सहितको टिममा एक अमेरिकी र दुई जापानी गरी ४ जना फुजी हिमाल तर्फबाट गएका थिए। हिमाल आरोहण गरेर फर्किनेक्रममा दुर्घटना भएको र सोही दुर्घटनामा परि शेर्पाको निधन भएको हो।

हिमालको शिखर देखि केही तल ८ स्टेप तिर पुग्दा शेर्पा र एक जापानी नागरिक चिप्लिएर चोट लागेको जानकारी भएपछि उद्दारको लागि हेलिकप्टरको साहयता लिएपनि प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकप्टर बस्न नसकेपछि १५ जनाको उद्दार टोली पठाइ घाइतेलाइ नजिकैको अस्पताल ल्याइएको थियो ।शेर्पाको मृत्यु कुन ‍समयमा भएको भनेर अहिले सम्म एकिन जानकारी प्राप्त भएको छैन ।

मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण अप्रिल ५ तारिख (१ ‍सातापछि )को दिन घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा जिम्मा लिएको थियो ।
मृतक शेर्पा शेर्पा संघ जापानको सल्लाहकार समेत थिए । शेर्पा श्रीमती सहित २ जना छोरा (११ बर्ष र ५ बर्ष )रहेका छन ।उनी करिब २ दशक अगाडिदेखि जापानको खानागावाम् बसोबास गर्दै आइरहेका थिए ।

फुजी हिमाल आरोहणको क्रममा निधन भएका ‍ सेर्की छिरिङ शेर्पाको शव अप्रिल १० तारिख जापानमा नै अन्तिम दाहसंस्कार गरिने भएको छ ।

मृतक शेर्पाको ९ तारिक आईतबार अपरान्ह ५ बजेदेखि ८ बजेसम्म अन्तिम खादा अर्पण गरी विदाई गर्ने र १० तारिख सोमबार बिहान ११बजे शेर्पा परम्परा अनुसार दाहसंस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।