मङ्गलबार, बैशाख ०८, २०८३

नयाँ बर्ष २०८० को अवसरमा ओसाकामा सांगीतिक धमाका हुने

जापान । नेपाली नयाँ बर्ष २०८० को अवसरमा ओसाकामा सांगीतिक धमाका हुने भएको छ ।
चर्चित गायक राजु परियार, गायिका शान्तिश्री परियार, गायक बिक्रम परियार देखी हास्यव्यंग्य कलाकार राजाराजेन्द्र पोखरेल जापान आउने निश्चित भएको छ ।

‘सामाजिक रुपान्तरणमा युवा अभियान’भन्ने मुल नाराका साथ स्थापना भएको यस संस्थाले स्थापना कालदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको कुरा यहाँहरु समक्ष अवगत नै छ।
आफ्नो देशको कला,संस्कृतिलाई बिश्व सामु चिनाउने उदेश्यले चेपाङ बालबालिका सहयोगार्थ नेपालीहरुको नयाँ बर्ष २०८० को पावन अवसर पारी हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले आफ्नो पहिलो सांगीतिक कार्यक्रम गर्न लागेको शुशील ज्ञवालीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा जापानमा रहनुभएका सम्पुर्ण बुवाआमा,दिदीबहिनी तथा दाजुभाइ हरुमा कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्नको लागि उपस्थिति भइदिनु हुन अनुरोध गरेको छ ।