जापान,२० वैशाख । नेपाल मगर संघ जापानको आयोजनामा भएको “गोल्डेन विक सांगीतिक रमझम २०१७” भव्य रुपले सम्पन्न भएको छ । जापानको टोयोटा शहरमा आयोजित उक्त कार्यक्रममा अमेरीकाबाट आमन्न्रित चर्चित लोकदोहोरी गायक सुमन बुढा मगरको साथमा अन्य जापानमा रहेका चर्चित नेपाली कलाकारहरूले दर्शकहरूलाई अदभुद् मनोरन्जन दिए ।
गायक सुमन बुढा मगर रमाउँदै “पोईल जान पाम शिव भन्नेलाई मैले ल्याउन पाम” भन्दै स्टेज तत्ताउँदै गर्दा दर्शक दिर्घामा रहेका युवायुवति देखी बुढा पाका सम्म सबैजना सिट छाडेर नाच्न बाध्य भए । कतिपय स्टेजमै गएर सुमन सँग उफ्रिँदै सिठी मार्दै नाच्दा माहौल असाध्यै रंगिन र कोलाहलमय बनेको थियो । उनले कौडा भाका लगायतका अन्य आफ्ना एल्बमका गितहरू पनि गाउन भ्याए ।
त्यस्तै गायक सरोज लामा, भुवन सिं थापा मगर, श्याम शितल श्रेष्ठ, कर्मदोङ तामाङ, राजीव लामा, लगायतले पनि निक्कै माहौल तताएका थिए । त्यस्तै मिरा दर्लामी मगर, सिता मगर, पूनम पुन , माया थापा पुन, माया मगर लगायतले नृत्य प्रस्तुत गरे । गायिका लक्ष्मी थिङ् र शर्मीला शेर्पुजाले पनि मिठो गित सुनाए ।
संघका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री गंगा घर्ति मगरले यो कुनै पैसा खेर्ने (कमाउँने) नियतले आयोजना गरीएको कार्यक्रम नभएर गोल्डेन विक विदामा सँधै नेपाल मगर संघ जापानले गर्दै आएको कार्यक्रमलाई स्थायित्व दिन आयोजना गरीएको प्रष्ट पार्नुभयो । र उहाँले कार्यक्रमलाई विभिन्न तवरले सफल बनाउँन मद्दत गर्नुहुने कलाकार, पत्रकार, विभिन्न संघ संस्थाहरू, प्रायोजक ज्यूहरू, कार्यसमिति र सबै दर्शक महानुभावहरूलाई हार्दिक धन्याबाद दिनुभयो । कार्यक्रामका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जापानका सह्अध्यक्ष कान्छा शेर्पा ज्यू हुनुन्थ्यो भने औपचारिक उदघोषण संघका महासचिव लक्ष्मण घर्ति मगरले गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष धनकुमार बुढा मगर ज्यूले दिनु भयो थियो भने सांगीतिक कार्यक्रम संचालन संघका साँस्कृतिक प्रमुख रुपलाल बुढा मगर ज्यूले गर्नुभयो ।
तस्वीर :- निशान राना