सोमबार, भदौ २४, २०८१

गजल

@सुवास पहरी,राम्रो थियो हाम्रो थियो,देश बिगार्यो राजनितीले  ।

जनतालाई बिचल्लीमा पार्यो राजनितीले  ।  ।

जागिरेको तलव बढ्छ ,सर्वसाधरण महङ्गिमा  ।
जनतालाई भोक भोकै मार्यो राजनितिले  ।

राजनिति जनता ठग्ने,आस्वासनको खेती रैछ  ।
शुख शान्ती दिन्छु भन्दै टार्यो राजनितीले  ।

प्रकोप पिडित जनतालाई ,राहत भन्दाआहत मिल्यो  ।
आलो घाउ भित्रैसम्म दार्यो राजनितीले  ।

चुनावी ती खोक्रा भाषण ,गगन चुम्नी आस्वसनको  ।
सोझा जनता सडकमा नार्यो राजनीतिले  ।
@सुवास पहरी