शुक्रबार, बैशाख १४, २०८१

जनजाति महासंघ जापानको १८औं महाधिवेशन सम्पन्न, अध्यक्षमा सुकुमान थिङ चयन

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान १८औं महाधिवेशन सम्पन्न भएको छ ।
टोकियोमा आज मार्च २६ तारिख बागमती प्रदेश सभासद अमन कुमार मास्केको प्रमुख आतिथ्यतामा नेफिन जापान १८औं महाधिवेशन सम्पन्न भएको हो।
महाधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै काठमाडौं ६ बाट निर्वाचित बागमती प्रदेश सभाका सदस्य अमन कुमार मास्केले सबै जापानवासी आदिवासी जनजातिहरु एकजुट भएर लाग्न अपिल गर्नु भयो । नेपाली र जनजातिहरुको योगदानको कदर गर्नु हुँदै संसद मास्केले विदेशमा रहेका लाहुरेहरु अर्थात्रे जनजातिहरुले मिट्यान्स गरेर देशलाई श्रीलंका हुनबाट बचाएको बताउनु भयो ।
नेकपा(एमाले) बाट निर्वाचित सांसद मास्केले आफूलाई नेवार हुनुमा गर्व रहेको बताउनु हुँदै नेपालको विकास र मातृभूमिलाई थोरै भएनि योगदान गर्न आग्रह गर्नुभयो ।
त्यसैगरि विशेष अतिथि जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले आदिवासी जनजातिहरुको पहिचान नेपालको पहिचान र सम्पति भएकोले आफ्नो पहिचानमा सजिन आग्रह गर्नुभयो ।
महाधिवेशनमा गैरआवासीय नेपाली संघ आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उप-महासचिव ओम गुरुङ, एनआरएनए जापान अध्यक्ष शिबप्रसाद पौडेल, एनआरएनए एशिया सहसंयोजक ददिवल खड्का, नेपाल पत्रकार महासंघ जापान अध्यक्ष शान्त पहरी लगाएत विभिन्न संघ-संस्थाका अग्रजहरुको उपस्थिति रहेको थियो ।
महाधिवेशनको बन्द सत्रबाट आर्थिक र प्रगति प्रतिवेदन पारित गरि नयाँ नेफिन जापान संघीय परिषद सचिवालय सर्वसहमत रूपमा थियो ।

जनजाति महासंघमा आवद्ध १० जातीय संस्थाहरुको नेतृत्वबीच लामो छलफल पछी चक्रीय प्रक्रियालाई अवलम्बन गरि अध्यक्षमा सुकुमान थिङ तामाङ, बरिष्ठ उपाध्यक्षमा श्रीभक्त गुरुङ, उपाध्यक्षहरुमा केबी शेर्पा, शिशिर लिम्बू, थानु राना मगर, र महिला उपाध्यक्षमा प्रमिला गौचन सर्वसहमति चयन गरेको हो ।
त्यसैगरि संस्थाको महासचिवमा प्रमिला राई, सचिवमा बालबिक्रम तिगेला, कोषाध्यक्षमा कान्छा लामा (शेर्पा), प्रवक्तामा भविन्द्र कुलुङ चयन गरेको छ ।
नेफिन जापान संघीय परिषद सचिवालय युवराज लाओती,नरेश राई, मनिश थापा मगर चयन भएका छन भने अन्य महिला सचिव सदस्य गरि अन्य खाली ठाउँमा संघीय परिषदले मनोनित गर्ने गरि १८औं महाधिवेशन टुंगीएको छ।
त्यसैगरि सल्लाहकार हाललाई रित राना मगरलाई मनोनित गरेको छ ।