सोमबार, जेठ २२, २०८०

एमआरआर जापानद्वारा नयाँ वर्ष २०८० को शुभकामना आदान-प्रदान तथा बार्बेक्यु कार्यक्रम गर्ने

टोकियो । एमआरआर जापानले ग्रुपमा आवद्ध सदस्यहरु बीच नेपाली नयाँ वर्ष २०८० को अवसरमा आउँदो अप्रिल १५ तारिख शुभकामना आदान-प्रदान तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम टोकियोसंगै जोडिएको साईतामा प्रिफेक्चरमा रहेको साईको दोमान ग्रिन पार्कमा आयोजना हुनेछ।
जापानभित्र,रहेका नेपाली पुरुष युवाहरुको ग्रुपकारुपमा रहेको यस MRR Japan नामक ग्रुपमा हालसम्म १० हजार ३ सय जनाभन्दाबढि सदस्यहरु रहेका छन् ।

एक महिना अघिनै योजना तय गरि उक्त कार्यक्रममा सहभागी हुन ईच्छुकहरुलाई तोकिएको निश्चित शुल्क अग्रिमरुपमा भुक्तानी गर्न सुचना जारी गरिएको थियो। कार्यक्रममा सहभागी हुन आफ्नो नाम दर्ता गराउने समय यहि मार्च १५ सम्म तोकिएको थियो। तोकिएको अबधीमा १०१ जना सदस्यहरुले नाम दर्ता गराएका थिए ।“हामी १०१ छौ सबै बराबर ! उमेर तल माथी होला तर गुरूप भित्र सबैको स्थान बराबर भएको संन्देशका लागि पनि १०१ जनाको उपस्थिति हुनेछ” यस कार्यक्रमका संयोजक मध्येका एक नेत्र प्रसाद पाण्डेले बताए ।

उक्त कार्यक्रममा,सबै जना कार्यक्रम स्थलमै भेट हुने तय गरिएको छ। त्यस पार्कसम्म,आफ्नै (नीजि सवारी साधन वा सार्वजनिक सवारी साधन )तरिकाले जान सकिनेछ। कार्यक्रम बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म हुनेछ।

कार्यक्रम बार्बेक्यु भएपनि अल्कोहल जन्य पेयपदार्थ रहित हुनेछ । संयोजकहरुका अनुसार,एकआपसमा भाईचारा र अपनत्व बढाउने उदेश्यले आयोजित यस कार्यक्रमलाई सभ्य र भव्य बनाउने उदेश्य अनुरुप अल्कोहलजन्य पदार्थहरु नलगिने भएको हो।

%d bloggers like this: