बिहिबार, जेठ १७, २०८१

जनजाति महासंघ जापानको १८औं महाधिवेशनको तयारी पुरा : अध्यक्षमा ४ जनाको दाबी

टोकियो । नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १८औं महाधिवेशनको तयारी पुरा भएको छ ।

मार्च १९ तारिख आईतबार पत्रकार सम्मेलन गरि यहि मार्च २६ तारिख नयाँ नेतृत्वको लागि टोकियोमा हुने लागेको १८औं महाधिवेशनको सम्पूर्ण काम पुरा भएको जनाएको हो ।

नेतृत्वका सरगर्मी बढेसंगै अध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वार दिएका छन । सन् १९९९ मा स्थापना भएको नेफिन जापान २०२२ मा जापान सरकारको निकायमा दर्ता Nefin japan 「一般社団法人」 भएको हो ।
हाल अध्यक्ष पदको लागि किरात याक्थुङ चुम्लुङ जापानका  तथा नेफिन जापानका वर्तमान महासचिव शिशिर निङलेकु लिम्बु, नेपाल तामाङ समाज जापानका सल्लाहकार कर्मा वाङगेल लामा, नेपाल मगर संघ जापानका सल्लाहकार रित राणा मगर र तमु धीं जापानका पूर्व अध्यक्ष तथा संरक्षक, पश्चिमान्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष तथा राष्ट्रिय भलिबल खेलाडी श्रीभक्त गुरुङ नेतृत्व आफ्नो पोल्टामा पार्न आ-आफ्नो स्थानबाट गृहकार्यमा जुटिरहेका छन ।

अध्यक्ष पदका लागि दावेदार चारै जना उम्मेद्वारसँग आइतबार सहमतीको प्रयास गरिरहदाँ उम्मेद्वारहरु आफुले जित्ने दाबी गरिरहका छन । १९ जनाको नेफिन जापान सचिवालयमा अध्यक्ष पदमा ४ जनाको दाबी रहदाँ एक वरिष्ठ उपाध्यक्ष, एक महिलासहित तिन उपाध्यक्ष, एक महासचिव, एक महिलासहित ३ सचिव र एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष र ८ सदस्य पदहरुका लागि सहमती नजिक पुगेको निर्वाचन समितिका संयोजक ओम गुरुङले जानकारी दिनुभयो ।

नेफिनको विधानमा दुई संरचनात्मक पद्धति कार्यसमिति सचिवालय र सचिवालय र आवद्ध जातीय संस्थाहरुको अध्यक्षसहित २ जना प्रतिनिधित्व हुने गरि बनाईने संघीय परिषद हुने व्यवस्था छ । नेफिन जापानमा हालसम्म जापानमा रहेका १० वटा एकल जातिय संस्थाहरु वीच पालैपालो चक्रीय प्रणाली अनुसार नेतृत्व चयन गर्दै आइरहेको र अवको महाधिबेशन चक्रीय र सक्रिय दुबै प्रणालीलाई अपनाउने निर्णय बमोजिम सहमती र सहमती नभए निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्ने तयारीका साथ निर्वाचन समिति जुटिरहेको छ ।

नेफिन जापानको महाधिवेशनमा आवद्ध जातीय संस्थाहरु थकाली सेवा समिति जापान, नेपाल मगर संघ जापान, तमु धीं जापान,नेपाल तामाङ समाज जापान, किरात राई यायोख्खा जापान, किरात याक्थुङ चुम्लुङ जापान, शेर्पा संघ जापान, नेवा: खल जापान, थारु कल्याणकारी सभा जापान, नेपाल थामी समाज जापान गरी १० ओटा एकल जातिय संस्थाहरु आबद्द रहेका छन ।
ति १० मध्ये नेफिन जापानमा नवीकरण गराएका ८ वटा एकल जातिय संस्थाहरुले मात्र भोट हाल्न पाउने भएका छन। एक एकल जातिय संस्था एक भोट गणना हुने भएकोले ३-४ वटा जातिय संस्थाको मत जसले पाउछ त्यही उम्मेद्वारले बिजयी हुने भएकोले महाधिबेशन नजिकिदै गर्दा माहौल निकै तातिदै गएको छ ।

नेफिन जापानमा आबद्द भइ नवीकरण समेत भएका  क्षेत्रीय समितिहरु नेफिन चिबा, नेफिन फुकुओका, नेफिन नागोया, नेफिन कान्साईलाई अधिबेशनमा आमन्त्रित सदस्यको रुपमा सहभागी हुन पाउने भएपनि यस पटक भोट हाल्न भने नपाउने भएका छन । क्षेत्रिय समितिहरुलाइ यसपटकको महाधिबेशन मार्फत बिधान संशोधन पारित गरेर आगामी महाधिबेशनमा मतअधिकार दिने ब्यबस्था गर्ने तयारी गरिरहेको नेफिन जापान महाधिवेशन तयारी समितिले जनाए पनि जातीय संस्थाहरुले विरोध गरेकोले महाधिवेशन हलबाट उक्त विधान पारित हुन नसक्ने तमु धीं जापानका अध्यक्ष रमेशकुमार तमुले बताउनु भयो।

उता केही क्षेत्रिय समितिले बिधानलाइ देखाएर क्षेत्रलाइ ओझेलमा पार्न खोजेको गुनासो गर्दै बिधानमा आवस्यक संसोधन हुनुपर्ने माग गरेका छन ।
महाधिवेशनको अन्तिम तयारी हुँदै गर्दा जापानमा नेफिन जापानको संस्थापक संस्था नेपाल तामाङ समाज जापानले भने २ पटक नेतृत्वको लागी अरुलाई छोडिसकेकोले यस पटक सर्वसहमत तामाङ समाजलाई स्वीकार्न अनुरोध गर्नु भएको छ ।

नेफिन जापानको विधानमा ३ वर्षे कार्यकाल लिखित भएपनी हरेक २-२ वर्षमा हुने महाधिवेशनमा हालसम्म लामो बहस भए पनि सहमतीमै नेतृत्व चयन गर्दै आएको अध्यक्ष संजीब राईले बताउनु हुँदै महाधिवेशनमा सहभागिताको लागि सबैलाई अपिल गर्नु भयो ।