ललितपुर । रास्ट्रिय सङ्गितकर्मी संघ महालक्ष्मी नगरपालिकामा देवेन्द्र वाग्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ ।
आज राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय सदस्य विक्रम जंग शाहको प्रमुख आथित्यतामा महालक्ष्मी नगरपालिका वडा ८ ,लुभु पार्टी प्यालेसमा भएको नगरपालिका स्तरिय कलाकर्मिहरुको जमघट तथा प्रथम अधिवेशनबाट उक्त समित गठन गरिएकाे हाे । यस्तै, बरिष्ठ उपाध्यक्षमा निरञ्जन शर्मा, प्रथम उपाध्यक्षमा मुकुन्द ठकरी, दितीय उपाध्यक्ष विनयजंग बस्नेत, सचिवमा सृजना घिमिरे, कोषाध्यक्षमा सरस्वती महर्जन, सदस्यहरुमा गोपी कार्की, प्रदीप के.सि., सक्षम महर्जन रहेका छन् ।यसैगरी प्रवक्ताभा शाेभा घिमिरे चयन भएकी छिन् ।
उक्त निर्वाचनकाे निर्णायक समितीका संयोजकमा संघका जिल्ला अध्यक्ष सुबास महत तथा सदस्यद्वय गोदावरीकि सचिव बेबि राजभण्डारी र कार्यपालिका सदस्य जयन्ती महर्जन रहेकी थिईन् ।
सृजना घिमिरेले संचालन गरेकी कार्यक्रममा,विशिष्ट कलाकार लय सङ्ग्रौला , जिल्ला अध्यक्ष सुबास महत, उपाध्यक्ष सबिनम दाहाल, जनप्रतिनिधि, संघका बाग्मति प्रदेश सचिव प्रतिमा अर्याल, कलाकार निरन्जन शर्मा पौडेल लगायत महालक्ष्मी न.पा भित्र बसोबास गर्नुहुने सङ्गितकर्मिहरुको उपस्तिथि रहेको थियाे ।