बिहिबार, बैशाख १३, २०८१

छक्का पञ्जा ४ टोकियोमा मार्च १२ तारिख शो चल्ने, जापानभर प्रदर्शन हुँदै

टोकियो । बिदेशको व्यापारबाट दुई करोड बढि आम्दानी गर्दै चलचित्र छक्का पञ्जा ४ मध्यपूर्वका दर्जनौं चलचित्रहलमा प्रदर्शन भइरहेको छ ।

नेपालमा समेत ६ दिनको प्रदर्शनबाट ६ करोड बढिको व्यापार गरेको चलचित्र छक्का पञ्जा नेपालभर भव्य प्रदर्शन भइरहेको छ । चलचित्रले जापानमा पनि आक्रामक व्यापार गर्ने देखिएको छ ।

राजधानी टोकियोमा मार्च १२ तारिख आईतबार प्रदर्शन हुन लागेको चलचित्रको दुई सय बढि टिकट अग्रिम बुकिगं भएको बताइएको छ । टोकियोको मेगुरो पर्सिमन हलमा प्रदर्शन हुने चलचित्र साँझ ६ बजेर ३० मिनेटमा स्क्रिनिगं हुने जापानको लागि चलचित्र प्रर्दशनको अधिकार पाएको आन्भि ईन्टरटेनमेन्टका पवन क्षेत्रीले जानकारी दिनुभयो ।

चलचित्रको टिकट अनलाईनमा समेत बुकिगं गराउन सकिने सुविधाका कारण टोकियोका विभिन्न स्थानबाट खरिदसँगै अनलाईनबाट बुकिगं गराउनेहरुको संख्या उच्च रहेको बताइएको छ ।
जापानमा रहेका बालबालिकाहरुलाई नेपाली चलचित्र हेर्ने बानी बसाउन आयोजकले पहिलो पटक १३ बर्ष उमेर सम्मका बालबालिकाको लागि चलचित्र हेर्न कुनै शुल्क नलिने भएको छ ।

टिकटको मूल्य २,९९९ येन मात्र तोकिएको छ । चलचित्र राजधानी टोकियो सहित ओसाका, फुकुओका, शिजुओखा, साइतामा, चिबा, नागोया सहित जापानको दुई दर्जन बढि शहरमा प्रदर्शन हुँदैछ ।

नेपाली चलचित्र छक्का-पञ्जा ४ मार्च १२ तारिख टोकियोमा प्रदर्शन हुन गईरहेको छ । टिकट यहाँबाट लिनुहोला ।
https://bit.ly/3SBc4aM