मङ्गलबार, चैत १४, २०७९

ओएनएफ जापान महिला बिभागको अन्तर्राष्ट्रीय नारी दिवसको शुभकामना कार्यक्रम सम्पन्न

जापान । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको महिला बिभागले ११३ औं अन्तर्राष्ट्रीय नारी दिवस तथा होली पर्व-२०७९ को अवसर पारेर शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोमा शुभकामना आदान-प्रदान संगै होली बिशेष कार्यक्रम सम्पन्न गरेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सह-इन्चार्ज बिनोद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरू प्रवासी नेपाली मन्च पूर्वी एसिया महादेश कमिटीका संयोजक मोहन रायमाझी, एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठ,समाजसेबी मदन मोहन चापागाई एनआरएनए जापानका पूर्व अध्यक्ष देबीलाल भन्डारी ,प्रवासी नेपाली मन्च जापानका उपाध्यक्ष बाबुराम भन्डारी, सिर्जना के.सी. ,सचिव राजेन्द्र श्रेष्ठ, उपसचिब महेन्द्र अधिकारी, सदस्य गम्भीर बस्नेत,सागर भुषाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन कमला ढकाल,स्वागत मिना क्षेत्री र सभापतित्व सुमी बस्न्यातले गर्नुभएको थियो ।

%d bloggers like this: