मङ्गलबार, चैत १४, २०७९

छैठौं ‘निम अवार्ड २०२३’ को समापन कार्यक्रम फागुन २८ गते ललितपुरमा हुंदै

मायालु लामा, काठमाडौं । “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुंदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड छैठौं ‘निम अवार्ड २०२३’ को समापन कार्यक्रम आगामी फागुन २८ गते आईतबार हुने भएको छ ।

ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलमा हुने उक्त अवार्ड कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी भने एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा विगत ६ वर्षदेखि नियमित गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नेपाली सहित एक दर्जन भाषाभाषीको गीतलाई समेटेर अवार्ड आयोजना गर्दै आएको अवार्डकी संयोजक कमला जोशीले जानकारी दिएकि छिन् ।

विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्पर्धा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गर्न लागिएको निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् । अवार्ड समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने उनी बताउछन् ।

यहि फागुन २८ गते सम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने आयोजकले जनाएको । शान्ति, भाइचारा र एकताको सन्देश फैलाउन सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ ।

%d bloggers like this: