मङ्गलबार, बैशाख ०८, २०८३

शेर्पा संघ जापानले टोकियोमा मनायो ग्याल्पो लोसार

फुर्वा शेर्पा, टोकियो । शेर्पा संघ जापानले बौद्द धर्मवालम्वी शेर्पाजातिहरुको महान चाड २१५० औ क्ष्युमो ह्ये लो’ग्याल्पो लोसार’ बिबिध कार्यक्रम गरी भव्य रूपमा मनाएको छ।
टोकियोमा आइतबार सम्पन्न कार्यक्रममा शेर्पा जातिहरुको संस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रम अनि एक आपसमा शुभकामना आदनप्रदान गर्दै लोसार मनाएको हो ।

सभापति तथा शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा, प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी, बिशेष अतिथि निमा लामा, संरक्षक संघ जापान तथा युगेन हिकारीका डाइरेक्टर कर्पु शेर्पा, नेपाली ब्यबसायी तथा संरक्षक संघ जापान ल्हाक्पा गेलु शेर्पा, संरक्षक संघ जापान, नेपाल आदिवासी जनजाति महासंघ जापानका प्रतिनिधि तथा नेफिन जापान महासचिव शिशिर निङलेकु लिम्बु, नेपालबाट जापान भ्रमणमा आउनुभएका शेर्पा टासी ल्हाक्पा शेर्पा
(सेभेट सभ्मिट गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल शेर्पा पर्वतारोही सन २००४मा सगरमाथा आरोहण साथै बिभिन्न शिखरहरु सफल आरोहण) लगायतले क्ष्योमी बालेर सयुक्त रुपमा लोसार कार्यक्रमको समुद्घाटन सम्पन्न भएको थियो।उत्घाटन समारोहमा अतिथिहरुले नेपाली राष्ट्रिय पनि गाएका थिए ।

शेर्पा जाति र ग्याल्पो लोसारको औचित्यमाथि शेर्पा संघ जापानका वरिष्ठ उपाध्यक्ष सोनाम लामाले प्रस्ट पार्दै उपस्थित अतिथिहरुलाइ शब्दले स्वागत गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम पुरा भएसंगै दोस्रो साँस्कृतिक कार्यक्रममा प्रवेश गरेको कार्यक्रममा शेर्पा संघ जापानका कलाकारहरु,आङ फुरी शेर्पा यांडजी शेर्पा फुल्हामु शेर्पा छोक्पा शेर्पा(लामा) छिमी शेर्पाले सामुहिक रुपमा शेर्पा जातिहरुको मोलिक नृत्य स्याब्रु प्रस्तुत भएको थियो ।

कार्यक्रममा कलाकारहरु छिरिङ दिकी शेर्पा ,ल्हमु डोल्कार शेर्पा ,दा फुटी शेर्पा, निमा हयोल्मो अनि चर्चित गायक जनक थोकर, फुर्वा शेर्पा लगायतले आआप्नो प्रस्तुतिहरु प्रस्तुत गरी टोकियोको जाडो मौसमलाई गर्माएका थिए ।
शेर्पा समुदायकै डिजे दावा जाङबु शेर्पा खम्बा शेर्पाको डिजे प्रस्तुतिले रोयल गार्डेन नेपाली रेष्टुरेन्ट संगितमय बनाउनुका साथै उपस्थित सबैलाइ स्टेजमा झुमिन बाध्य बनाएका थिए । कार्यक्रममा जापानमा रहेका शेर्पा तथा गैर शेर्पा जातिहरुहरुको बाक्लो उपस्थिती रहेको थियो ।

शेर्पा संघ लोसारकै अवसर पारेर नेपाली राजदुताबास टोकियोका राजदुत दुर्गा बहादुर सुवेदी, शेर्पा संघ जापानका संरक्षक सल्लाहकार कार्यसमितिका पदाधिकारीहरु, अनि लोसार कार्यक्रम सफल बनाउने महानुभावहरुलाइ सधन्याबाद सम्मान तथा प्रसंशापत्र दिएर सम्मान गरेको छ ।
शेर्पा संघ जापान अध्यक्ष तथा कार्यक्रका सभापति सोनाम शेर्पाले लोसार एैतिहासिल बनाउन सफल बनाउने सम्पर्णलाइ धन्याबाद ब्यक्त गर्नुहुदै आगमी दिनमा शेर्पा संघ जापानल गर्ने कार्यक्रमहरुमा पनि साथ सहयोगको नीम्ति अनुरोध गर्नुभयो ।
टोकियोमा दिउसो ११ बजेदेखि बेलुकी अबेरसम्म संचालित औपचारिक कार्यक्रमको संचालक संघका महासचिब रिन्जी पासाङ शेर्पा र सदस्य फुर्वा शेर्पाले गरेका थिए ।