बिहिबार, चैत १५, २०८०

स्याङ्जा समाज जापान,क्षेत्रीय समिति नागोयाको अध्यक्षमा सिग्देल र्निबिरोध चयन

स्याङ्जा समाज जापान, क्षेत्रीय समिति नागोयाको अध्यक्षमा मित्र सिग्देल र्निबिरोध चयन भएका छन्। समाजको गत कार्य समितिमा उपाध्यक्ष रहेका उनि लगाएत सम्पूर्ण कार्य समिति बिहिवार नागोया शहरमा सम्पन्न चौंथो अधिवेशनबाट र्निबिरोध चुनिएका हुन्। समाजको बन्द सत्रले बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साल,महिला उपाध्यक्ष राधिका पाण्डे,उपाध्यक्ष बिरेन गुरुङ ,महासचिबमा पुनः मनोज ढुंगाना ,सचिव बिदुर लम्साल ,सह-सचिव सुन्दर थापा ,कोषाध्यक्ष सुर्य पोख्रेल र
सह -कोषाध्यक्ष सुर्य वाग्लेलाई चयन गरेको हो।

कार्य समिति सदस्यहरुमा (बिध्यार्थी संयोजक) रेखा केसी,राम प्रकाश अर्याल ,सुची राना ,बिकाश लम्साल,
जे.बी. गुरुङ्ग,मनीष अर्याल ,सर्गम मल्ल,अनिकित पौडेल ,
सुजन ढुंगाना,मन्जु गिरी,अन्जली श्रेष्ठ,भगवती कार्की,सुर्य प्रसाद न्यौपाने,समिर भण्डारी रहेका छन् ।यस अघि नै समाजका श्याम रानाको संयोजकत्व सञ्चारकर्मी समेत रहेका कविकिरण न्यौपाने र एनआरएनए जापानका सचिव श्याम शितल रहेको निर्वाचन समिति गठन गरिएको थियो। समिति समक्ष सर्वसहमत रुपमा नयाँ कार्य समितिको नाम आए पछि निर्विरोध समिति घोषणा गरिएको थियो। बन्द सत्रमा कोषाध्यक्ष बिदुर लम्सालले आर्थिक प्रतिबेदन र महा सचिव मनोज ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष निशान रानाले आफ्नो कार्यकालमा भएका सम्झन योग्य कार्यहरुको चर्चा गरेका थिए भने कार्यक्रम एनआरएनएका उपाध्यक्ष गोविन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l कार्यक्रममा प्रमुख अतिथि लगाएत तोकाई बाटिकाका सञ्चालक यम खत्री, स्याङ्जा समाजका सल्लाहकार साइमन बिश्वकमा, दर्शन समाज जापानका संस्थापक संरक्षक सुरज मल्ल, युनिटी गाईज नागोयाका संयोजक देब घिमिरे, प्रवाशी नेपाली मञ्च नागोयाका संयोजक नरेश राई , एनआरएनए एशिया प्यासिफिकका संयोजक पारशमणि पोख्रेल, एनआरएनए आईसिसि सदस्य दिपक कार्की , एनआरएनए नागोयाका संयोजक मनोजबम मल्ल, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी , नेपाल पत्रकार महासंघ जापान शाखाका सल्लाहकार कविकिरण न्यौपाने, स्याङ्जा समाज आईसिसि सल्लाहकार सुक बहादुर केसी , योगेन्द्रमान श्रेष्ठ ,स्याङ्जा समाज जापानका अध्यक्ष धुर्व ज्ञवाली ,महसचिब वेद कार्की लगाएतले नयाँ कार्य समितिलाई बधाई तथा शुभ कामना व्यक्त गरेका थिए

कार्यक्रममा आगन्तुकहरुलाई मायाको चिनो तथा स्याङ्जा समाज नागोयाले गरेको रक्तदान कार्यक्रममा सहभागी व्यक्ति हरुलाई जापान रेडक्रसले प्रदान गरेको प्रशंसा पत्र समेत प्रदान गरिएको थियो।