टोकियो । भोली अप्रिल ३० साझँ ६ वजेवाट सूरु हुने धुर्मुस सुन्तली साँझ २०१७ को सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । शनिवार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो ।
सो धुर्मुस सुन्तली साँझको लागि चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जापान आइपुगेसंगै कार्यक्रमको माहोल तातेको थियो ।
शनिवार हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका कलाकार जोडी धुर्मुस सुन्तली सहित गायक दिपक बज्राचार्य, चर्चित प्रस्तोता दिनेश डिसी र हास्य कलाकार बाङ्गे बा जापान आइपुगेका हुन ।
कलाकारहरुको स्वागतका लागि सनराइज कर्पोरेसनका अध्यक्ष रविन्द्र गोर्खाली, कर्पोरेसनका प्रबन्ध निर्देशक हरि सापकोटा लगायतका व्यक्तिहरु विमानस्थल पुगेका थिए ।
संग्रहालय बनाउन धुर्मुस सुन्तलीद्धारा सहयोगको अपिल
सनराईज प्रोडक्सनले आयोजना गरेको धुर्मुससुन्तलि फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस सुन्तली साझ २०१७’आईतबार टोकियोको नाकोनो जेरो हलमा हुने साझँको सम्वोधन गर्दै अब हिमाल ,पहाड र तराई चनाउने नेपालीको भाषा पहिचान दिने संग्रालय बनाउन अभियान सुरु गर्ने जानकारी दिएका छन् ।
सरकारबाट काठमाण्डौ नजिकै पाचँसयदेखि हजार रोपनी सम्मको जग्गापाउन सकेँ ठुलो सहयोग हुने समेत बताएका छन् ।
आयोजित पत्रकार सम्मेलना बोल्दै’ हामी यस्तो संग्रालय बनाउन चाहान्छौ । जहाँ हरेक हिमाली पहाडी र तराईका सिंगो नेपालीको पहिचान दिन सकियोस।’ सुन्तलीले भनिन ‘हामी बिदेशमा रहेका नेपाली बालबालीकालाई पहिलो पर्यटक बनाउन सकियोस। काम खोज्दै बिदेशमा भौतारिन नपरोस ‘ । आखाँमा भरिएका आशुँ लुकाउदै। जहाँ बिरामी हुदा झारफुक गर्छन् । स्कुल र पढाई भनेको केहो नै थाहा छैन् । त्यस्तो ठाउँमा पुगेर बस्ती बसायौँ ।
जापान बासी नेपालीलेबाट पनि सहयोगको अपेक्षा गर्छौ’। त्यस्तै सिताराम कट्टेल धुर्मुसले ‘ अब हामी चुप बस्न सक्दैनौ र मनले मान्दैन हामी सबै ठाउँ बस्ती बसाउने भन्दा पनि देशको लागी चाहाना भयो भने सकिन्छ भन्ने लहर ल्याउने हो । यसमा सबैको साथ चाहिन्छ ।’ कार्यक्रममा आवाजको दुनियाँको साथी भनेर चिनिएका दिनेश डिसी कार्यक्रम संचालकको भुमिकामा रहनेछन् । भने गायक दिपक बज्राचार्य र हास्यकलाकार दिपक आचार्यको पनि प्रस्तुति रहनेछ ।
कार्यक्रमको अन्तिम तयारी सकिएको जानकारी गराउदै सामाजिक अभियान्तालाई सहयोग र सम्मालका लागी सहभागी हुन जापानबासी नेपालीमा सनराईज प्रोडक्सनका प्रबन्धक हरि सापकोटाले अनुरोध गरेका छन् । पत्रकार सम्मेलनको संचालन सनराईज प्रोडक्सनका अध्यक्ष रबिन्द्र गोर्खालीले गरेका थिए ।
आईतवार भोली ६ वजे साझँवाट जापानमा भब्य रुपमा धुर्मुस सुन्तली साँझ २०१७ हुँदैछ ।