शुक्रबार, फागुन ०२, २०८१

गायिका ममता गुरुङको ‘ममता’ गीतिसंग्रह सार्वजनिक

काठमाडौं : सामूल एप्सबाट चर्चा कमाएकी गायिका ममता गुरुङको ‘ममता’ गीतिसंग्रह सार्वजनिक भएको छ । वुधबार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा बरिष्ठ गीतकार डा.कृष्णहरि बराल र गायिका संगीता राना प्रमुख अतिथ्यमा मातातिर्थ औसीको अवसरमा गायिकाकी आमा मायादेवी गुरुङ र बुबा हितमान गुरुङले संयुक्त रूपमा एल्बमको विमोचन गरेका थिए ।

अध्ययनको सिलसिलामा हाल बेलायत बस्दै आएकी ममताको यो पहिलो एल्वम हो । एल्वममा ‘नबोलाऊ मलाई मायालु भनी’, ‘जीवन मेरो त्यहीँ’, ‘हावासरि चञ्चले मन’, ‘अल्लारे मन यो मेरो’ र पर्दा खोलेर जस्ता गीत समावेश गरिएको छ । एल्वममा समावेश गीतमा इन्द्र आरपी, ताराप्रकाश लिम्बु, देवा गुरुङ, कालिप्रसाद बास्कोटा र सुरेश मानन्धरको संगीत छ । यस्तै, गीतमा ममता गुरुङ, शशीथापा सुब्बा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको शब्द छ । एल्वम सार्वजनिक कार्यक्रममा ‘विदेशमा बसेर पनि नेपाली गीत/संगीतमा उनले पु¥याएको योगदानको कदर गर्नुपर्ने भन्दै स्वरमा मिठास रहेको कार्यक्रमका अतिथि डा. कृष्णहरि बराले बताए । त्यस्तै संगीता रानाले एल्वममा रहेका गीतले आफ्नो मन छोएको भन्दै नेपाली गीत/संगीतमा सम्भावना भएकी गायिका ममता रहेकी बताइन् । ‘म नेपाली गीत संगीतको विद्यार्थी हुँ अझै सिक्ने क्रममा छु, तर पनि मेरा गीतले राम्रो चर्चा पाउँदा खुशी लाग्ने गायिका ममताले कार्यक्रममा बताइन् ।’

‘गायिका ममताको बुबा भनेर चिनिन थालेको छु, एउटा बाबुलाई यो भन्दा खुशीको कुरा के हुन सक्छ र !’ बुबा हितमानले भने । गीतका भिडियोहरु पनि छायाँकन भइसकेको र छिट्टै सार्वजनिक गरिने बताइएको छ । एल्वमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो ।