शुक्रबार, असार ०१, २०८१

गायक राजु लामालाई टोकियोमा काभ्रे समाजको भब्य स्वागत

चसिला तामाङ,टोकियो । युबाहरूको ढुकढुकी गायक राजु लामा (मंगोलियन हार्ट) आगामी आइतबार अप्रिल ३० तारिखका दिन राजधानी टोकियोमा हुन लागेको सांगितिक साँझको लागि आज टोक्यो आइपुगेका छन् ।

सडक सड़क बालबालिकाको लागि सहयोगार्थ काभ्रेली समाज, जापानले आयोजना गर्न लागेको गोल्डेन वीक लाईभ म्युजिक विथ राजु लामा कन्सर्टको लागि टोकियो आइपुगेका गायक लामालाई आयोजक संस्थाका अध्यक्ष मेख वाईबा तामाङ,संस्थाका संरक्षक तथा युवा व्यवसायी भुवन अधिकारी, सल्लाहकार कुमार मोक्तान,कोषाध्यक्ष पेम्बा पेंब लामा लगायत संस्थाका पदाधिकारीहरुले टोक्योको हानेदा विमानस्थलमा स्वागत गर्न पुगेका पगेक थिए । टोकियो आइपुगेका गायक लामाले आइतबार हुने कार्यक्रमका सबै टोकियोबासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गर्दै यसअघिका कार्यक्रममा जस्तै साथ दिन अनुरोध गरेका छन ।

यसै गरी काभ्रेली समाज जापानले सडक बालकालिकाको स्वास्थ्य तथा काभ्रेका विभिन्न विद्यालयमा पुस्तकालय निर्माणमा सहयोग गर्नको लागि बिशुद्ध सामाजिक सेवाको लागि भन्दै राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा अप्रिल ३० तारिख अपरान्ह ४ बजेबाट गोल्डेन विक नाईट विथ राजु लामा कन्सर्टमा जापानमा रहेका सम्पूर्ण संघ संस्था साथै सम्पूर्ण जापानबासी नेपालीहरुलाई उपस्थित भै समाज सेवामा साथ दिन अनुरोध समेत गरेको छ ।