बुधबार, बैशाख १२, २०८१

नेपाली विद्यार्थीलाई लक्षित गरि योकोहामामा सेमिनार

 शान्त पहरी ,योकहामा,१४ वैशाख । ईज़ी लिंक कम्पनीले नेपालबाट ब्याच्लर सकेका वा जापान मैं सेनमोंन गरेका नेपाली बिद्यार्थी हरूलाई सेवा दिने उद्देश्यले सेचुमेखै सेमिनार सम्पन्न गरेको छ ।

जापान योकोहामा शहरस्थित एभरेष्ट रेष्टुरेण्टमा बुधवार सो सेमिनार गरेको हो । जापानको एक सय भन्दा बढ़ी कम्पनीसंग सम्बन्ध रहेको हाकेन कम्पनीको सहकार्य र ईज़ी लिंकको बेबस्थापनमा आयोजित उक्त सेमिनारमा ३ दर्जन नेपाली बिद्यार्थी सहभागी रहेको ईज़ी लिंकका समीर खड़काले जानकारी दिनु भयो ।

ईज़ी लिंकको बेबस्थापनमा सम्पन्न् सो सेमिनार नि शुल्क गरेको थियो । easylink