शनिबार, फागुन १२, २०८०

मेरी आमा

घॉस दाउरा मेलापात गर्दै होलिन मेरी आमा !
रुज्दैभिज्दै एक्लै खोली तर्दै होलिन मेरी अामा !!
बढेको छोरोले छाडेर प्रदेश तिर पसेपछि !
सम्झिदै पल पलमा मर्दै होलिन मेरी आमा!!
जस्तै परिस्थितिमा पनि जिउन सिकाउने तिमी !
तस्बिर हेर्दै टोलाउदै अॉशु झार्दै होलिन मेरी आमा!!
कहिले भेट्ने भनि दिन महिना गन्छिन अरे !
सपनिमा मलाई देख्दै खुशी छर्दै होलिन मेरी आमा!!
बुढेसकालको सहारा ठेस लाग्दा समाउछ भन्दै !
कतै मेरै भर पर्दै होलिन मेरीआमा!!
✍️✍️वीपी✍️✍️