शुक्रबार, चैत १६, २०८०

एनआरएनए जापानको पहलमा आईएचएनओद्वारा ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति : जनवरी २७ सम्म आवेदन दिन सकिने

जापान । जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोग पुग्ने हेतुले संचालन हुँदै आएको स्कोलरशिपको आवेदन जनवरी २७ तारिख सम्म गर्न पाउने छन ।
गैरआवासीय नेपाली संघ (NRNA) जापानको समन्वयमा आईएचएनओ (IHNO) ले वितरण गर्ने छात्रवृत्तिको लागि आवेदन गत हप्ताबाट खुल्ला भएको थियो।
जापानमा रहेका नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । आवेदनबाट ६० जना विद्यार्थी छनौट गरी छात्रवृत्ति प्रदान गरिने संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो।
उक्त छात्रवृत्तिको आवेदन जनवरी २७ सम्ममा (IHNO)को ठेगनामा पोष्ट गरिसक्नुपर्ने बताइएको छ । मापदण्ड अनुसार आवेदन प्रक्रिया पुरा भइ सकेपछि समितिले सिफारिस गर्ने र त्यस पछि IHNO बाट छनौट गरी छात्रवृत्ति उपलब्ध गराईनेछ । एनआरएनए जापानको पहलमा बिगतदेखी दिदै आएको स्कोलरशिप यस वर्ष पनि सिफारिस गर्छ, छनौटको अन्तिम निर्णय आइएचएनओले गर्ने हो भने, गाक्को जाने विद्यार्थीले पनि छात्रावृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्तिका लागि अध्ययन गर्दै गरेको विद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने, फारम IHNO बाट उपलब्ध हुने, विद्यालय/कलेज परिवर्तन गर्न नयाँ विद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने छ ।

कामको हकमा हप्तामा २८ घण्टाको आरुबाइतोको नियम पालना गर्नुपर्ने साथै बिदाको बेलामा हप्तामा ४० घण्टासम्म काम गर्न मिल्ने छ ।

आवेदन दिन रेसिडेन्ट कार्डको फोटोकपि, आवेदन फारम (विद्यालयले सिफारिस गर्ने फारम सहित २ पेज ), बैंक खाता नम्बर र खातावालको प्रष्ट नाम भएको पासबुक फोटोकपी, जापानी भाषामा चार सयदेखि आठ सय शब्द सम्मको हस्त लिखित निबन्ध (अध्ययनको लागि किन जापान रोज्नु भयो ? ) र जापानमा प्राप्त आफ्ना सर्टिफिकेट (JLPT) कागजात पेश गर्नु पर्ने नियम रहेको छ ।

यसरी पठाउन सकिने छ ।
एनआरएन जापानको सिफारिसमा IHNO छात्रबृत्ति आबेदन खुल्लाभएकोले तल देहाय बामोजिम समयमा दर्ता फार्म तल देहाय बामोजिम को समय२०२३/१/२७ भित्रमा तलको ठेगानाहरुमा पठाएर मौकाको फ़ाईदा उठाउनुहोला। सम्पूर्ण डीटेल तरिका तथा सम्पर्क नम्बर हरु तपसील बामोजिम तल हेर्नूहुन अनुरोध गर्दछौ।लिंक खोल्न नसकेमा फोटोहरु प्रिंट गरेर अथवा सम्पर्क गरेर माग्न सक्नू हुनेछ।

A ब्लक NRNA मुख्य कार्यलय
ठेगाना : 〒169-0073 Tokyo To Shijuku Ku Hyakunincho 1-17-17 Mezon Ogura 305
सम्पर्क व्यक्ति : PAUDEL SHIVA PRASAD (फोन नम्बर : 080-6527-7579)
B ब्लक > NRNA नागोया कार्यलय
ठेगाना : 〒460-0003 Aichi Ken Nagoya Shi Naka Ku Nishiki 2-6-17 Dailo Asian & Nepali Food
सम्पर्क व्यक्ति : SHYAM SHITAL (फोन नम्बर : 080-9723-2582)
MANOJ BOM MALLA (080-6947-0101 )
C ब्लक NRNA फ़ुकुओका कार्यलय
ठेगाना : Fukuoka Ken Fukuoka Shi Hakata Ku, Hakata Ekimae,4-5-8 Sanko Biru 101 NRNA Kyushu
सम्पर्क व्यक्ति : ARJUN THAPA (फोन नम्बर : 090-8407-1403 )

सम्पर्क : 080 6527 7479, 080 4057 4730, 080-4287-1414 , 080 9723 2582, 080 4667 7011, 080-6947-0101, 090-6329-1262, 090-8407-1403, 080-7557-1920, 090-2992-9978, 080-3429-8450, 090-1332-1167

https://cdn.fbsbx.com/v/t59.2708-21/315956999_949517803090256_3965379950904538570_n.pdf/%E5%A5%A8%E5%AD%A6%E7%94%9F%E7%94%B3%E8%BE%BC%E6%9B%B8%E3%82%BB%E3%83%83%E3%83%88NRNA%E7%94%A8%E8%A6%8B%E6%9C%AC.pdf?_nc_cat=101&ccb=1-7&_nc_sid=0cab14&_nc_ohc=W7F5v_6Pl1UAX8s65sV&_nc_ht=cdn.fbsbx.com&oh=03_AdQRDPaDurAvPHOl9Ez1jBGjtR9QDXtsznYAKxSnHZNC6A&oe=63AF1174&dl=1

https://cdn.fbsbx.com/v/t59.2708-21/315986865_1381607805577391_1398296629610494423_n.pdf/%E5%A5%A8%E5%AD%A6%E7%94%9F%E7%94%B3%E8%BE%BC%E6%9B%B8%E3%82%BB%E3%83%83%E3%83%88NRNA%E7%94%A8.pdf?_nc_cat=111&ccb=1-7&_nc_sid=0cab14&_nc_ohc=JWVyeDYxt6IAX__B6Yt&_nc_ht=cdn.fbsbx.com&oh=03_AdSL5UVPqroNYiUWUCDCpUY459cBrCnPjsR-lf_EbwKIAA&oe=63AEC282&dl=1