मङ्गलबार, बैशाख ०८, २०८३

टोकियोमा २८औं तमु ल्होसार सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न

टोकियो । तमु धीं जापानले २८औं तमु ल्होसार सांस्कृतिक साँझ भव्य रूपमा मनाएको छ।

टोकियोस्थित इकेगामी हलमा तमूहरुको महान चाड ल्होसार (तो ल्हो (बाघ वर्ग) को विदाइ र हि ल्हो (बिरालो वर्ग) स्वागत गर्दै तमु संस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रम सहित तमु धीं जापानले २८औं तमु ल्होसार मनाएको हो।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यतामा गुरुङ समुदायको मौलिक/ सांस्कृतिक पर्व ल्होसार प्रवासको भूमिमा समेत धुमधामका साथ मनाएका छन ।
कार्यक्रमको औपचारिक प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुबेदी, बिशेष अतिथि एनआरएनए आइसीसीका उप-महासचिब ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेल, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राईले पानसमा बत्ति बालेर सयुक्त रुपमा ल्होसार कार्यक्रमको समुद्घाटन सम्पन्न गर्नु भएको थियो।

गुरुङ जाति र ल्होसारको औचित्यमाथि तमु धीं जापानका उपाध्यक्ष चित्र तमुले प्रस्ट पर्नु भएको थियो भने स्वागत मन्तब्य कार्यक्रमका संयोजक सोममाया गुरुङले राख्नु भई संस्थाका अध्यक्ष रमेश कुमार तमुको अध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । औपचारिक कार्यक्रमको संचालक संस्थाका महासचिब खेम गुरुङ्गले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पुरा भएसंगै दोस्रो साँस्कृतिक कार्यक्रममा प्रवेश गरेको उक्त ल्होसार कार्यक्रममा तमु कलाकारहरु,प्रिती गुरुङ्, खुसी गुरुङ, आइशा गुरुङ, पुष्पा गुरुङ, केवल गुरुङ, प्रदिप गुरुङ र सागर मगरको उत्कृष्ट नृत्य प्रस्तुत गरेका थियो ।

कार्यक्रममा लोक गायक रुपेश गुरुङ, अमर तमु लगाएत नेपालबाट आमन्त्रित कलाकार एलिना गुरुङ र दुर्गा गुरुङले आधा दर्जनजती गीत गाएर टोकियोको जाडो मौसमलाई गर्माएका थिए । प्रथम वाईवाई स्टार बिजेता गायिका एलिना गुरुङ पनि करिब आधा दर्जन जति गित गाएर दर्सकलाई नचाएका थिए ।

तमु धी जापानले प्रमुख अतिथि, आमंत्रित कलाकारहरु, बिशिष्ट व्यक्तित्वहरु, आजिबन आबद्ध हुने सदस्यहरु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष लगाएतलाई सम्मान गरेको थियो ।
गुरुङ समुदायको साँस्कृतिक कार्यक्रमको संचालक संस्थाका सल्लाहकार युक्तमान तमु, अरमान तमु र प्रिती तमुस्योले सयुक्त रुपमा गर्नु भएको थियो ।