मङ्गलबार, बैशाख ०८, २०८३

प्रवासी नेपाली मञ्च जापानले पायो पूर्णता : ८ सदस्य र २२ सल्लाहकार चयन

टोकियो । नेकपा(एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानको राष्ट्रिय कमिटीले पूर्णता पाएको छ ।
प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको गत सेप्टेम्बर ४ तारिख सम्पन्न २१औं अधिवेशन मनोनित हुन बाँकी सदस्य र सल्लाहकारहरु चयन गरि पूर्णता दिएको हो ।
अधिवेशन सम्पन्नपश्चात् नेपालको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सकेर मञ्चको दोस्रो बैठक टोकियोमा बसि ८ सदस्य र २२ जना सल्लाहकारहरु चयन गरेको मंचका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

ओएनएफ जापानमा डा. राम गिरी, मेघराज नेपाल, सिद्धार्थ श्रेष्ठ, ददिवल खड्का, धर्म लामा, लोकनाथ वस्ती, राजन पौडेल, ईन्दिरा सुजुकी, दिपेन्द्र अधिकारी, मोहन घले, टिकाराम कंडेल, मुक्तिराम खरेल, कवि किरण न्यौपाने, सुपेन्द्र घिसिङ, नानीमाया तामाङ, केशर गिरी, शिव गिरी, बिजय कार्की, बिनोद कुमार सापकोटा, टिकाराम घिमिरे, बुद्घ रायमाझी र ईन्द्र केसीलाई सल्लाकारमा मनोनित गरिएको छ।
प्रवासी नेपाली मञ्चले सल्लाहकारसंगै कार्यसमितिमा ८ जना सदस्य पनि मनोनित गरिएको छ । मञ्चको बिधान अनुसार ४१ सदस्यीय कार्य समिति हुने ब्यबस्था रहेको छ ।
यस पटक सदस्यमा मनोनित हुनेहरूमा – गणेश जंग राणा( कानागावा), बुद्धिराज गोले (गुन्मा), पुरुषोत्तम सिग्देल(फुकुओका), अर्जुन केसी(नागोया), मनोज चिलुवाल (चिबा), बिजय उप्रेती(सेन्दाई), यादव केसी(टोकियो), दिपेन्द्र केसी(टोकियो) रहेका छन् ।

तीन महिनाअघि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

पत्रकार महासंघ जापानका पदाधिकारीलाई सम्मान गर्ने
नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरुलाई ओएनएफ जापानले सम्मान तथा बधाई दिने भएको छ ।
ओएनएफ जापान राष्ट्रिय कमिटीले जनवरी ८ तारिख टोकियोमा सम्मान तथा बधाई दिने भएको हो ।

अंग्रेज़ी नयाँ वर्ष २०२३ जनवरी ८ तारिख आईतबार साँझ नयाँ बर्षको शुभकामना आदान प्रदान तथा नेपाल पत्रकार महासंघ जापानको नव निर्बाचित कार्य समितिलाई सम्मान सहित डिनर कार्यक्रम गर्ने ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनुभयो ।