मङ्गलबार, असोज २२, २०८१

नागोयामा मगर संघको गोल्डेन वीक सांगीतिक कार्यक्रम हुने

निशान राना ,नागोया,गोल्डेन वीकको बिदा पारेर नेपालल मगर संघ जापानले नागोयाको टोयोटा शहर स्थिति “टोयोटा सांग्यो बुन्का सेन्टर” हलमा आउँदो मे २ तारिक सांगीतिक कार्यक्रम हुने भएको छ ।

“गोल्डेन विक सांगीतिक रमझम” नाम राखिएको उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक सुमन बुढाको बिशेष संगितिक प्रस्तुती रहने छन भने जापानी भूमिमै कलाकारिता क्षेत्रलाई निरन्तर दिई रहेका कलाकारहरु श्याम शितल , लक्ष्मी थिलिङ कर्मा दोङ तामाङ,सरोज लामा, भुवन सिंङ् थापा मगर, मिरा डर्लामी मगर, राजीव लामा, सुमी पुन, सिताष्मा मगर्नी, शर्मीला शेर्पुजा लगायतका कलाकारहरुले पनि स्टेज तताउने छन्। साथै लाइभ दोहोरी प्रस्तुत गरीने छ ।

टोयोटा रेल स्टेशनबाट हिडेर ५मिलेट मात्र लाग्ने सो कार्यक्रम हलमा यो पटक भने विभिन्न बिधाका कलाकारहरुको प्रस्तुति हुने भएकोले सदाका भन्दा फरकपन को मनोरंजन लिन सकिने र टिकट डर मात्र पक्चिस सय जापानिज येन रहेको जानकारी उक्त कार्यक्रमको संयोजक दिलिप रानाले दिए।

गोल्डेनबीक स्पेसल सांगीतिक भेटघाट कार्यक्रम भएकोले पनि विभिन्न पेशाले जापानमा हुनुहुने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रमलाई सभ्य र भब्य बानाउन कार्यक्रम हेर्न आईदिनुहुनको लागि आयोजकले हार्दिक अनुरोध गरेका छन ।