मङ्गलबार, बैशाख ०८, २०८३

नेपाली व्यवसायी संघ जापानको डिसेम्बर २३ तारिख बृहत् बैठक सहित बोनेन्काइ कार्यक्रम

टोकियो । जापानमा रहेका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली व्यवसायी संघ ९एनबिए० जापानले यस बर्षको अन्तिम बृहत् बैठक सहित बोनेन्काइ कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनबिए जापानले यहि डिसेम्बर २३ तारिख शुक्रबारको दिन टोकियो शिनओकुबो स्थित गाजेबो रेष्टुरेण्टमा संघको बार्षिक बैठक डाकेको संघका अध्यक्ष बिजय थकालीले जानकारी दिनुभयो ।

अँग्रेजी नयाँ बर्षको संघारमा बार्षिक बैठक सहित सन् २०२२ को बिदाई र नयाँ बर्षको स्वागत सहित बोनेन्काइ पार्टि एकैदिन राखिएको नेपाली व्यवसायी संघ जापानका बरिष्ठ उपाध्यक्ष ददिवल खड्काले बताउनु भयो।

जस अनुसार दिनको दुई बजेबाट नेपाली व्यवसायी संघको बैठक र ६ बजेबाट बोनेन्काइ पार्टि ८ बजेसम्म चल्नेछ । गैरआवासिय नेपाली संघ, एशिया उपसंयोजक समेत रहनुभएका व्यवसायी खड्काका अनुसार बैठक तथा बोनेन्काइ बारेमा संघमा आवद्ध सदस्यहरुलाई जानकारी गरिएको छ । जानकारी नपुगेको अवस्थामा सबै सदस्यहरुलाई सार्वजनिक भएको समाचार तथा जानकारी अनुसार निमन्त्रण सम्झिएर समयमै उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

एनबिए जापान जापानमा रहेका नेपाली व्यवसायिहरुको हक, हित र समस्यामा सहयोग जुटाउन गठन भएको विशुद्ध व्यावसायिक संगठन हो ।