जापान । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जापान प्रवास सम्पर्क विभाग गठन हुने भएको छ ।
जापानमा रहेका रास्वपा समर्थकहरुले नेपालको वर्तमान राजनैतिक र सिंगो देशको अवस्थालाइ मध्यनजर गर्दै केहि नयाँ सोच र परिवर्तनको सम्बाहकको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सघाउन जापान सम्पर्क विभाग गठन गर्न लागेको बताएका छन् ।
देशसँगै विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई राष्ट्र परिवर्तनको अभियानमा सरिक गराउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जापान सम्पर्क विभाग गठन गर्न लागिएको अभियानको नेतृत्व गरिरहनुभएका दिलेन्द्र जोशीले जानकारी दिनुभयो । दलको विधान अनुरुप प्रवास नेपाली सम्पर्क बिभाग गठन गरेर जापानमा रहनुभएका नेपालीहरुको बिचार भावना र सकारात्मक दिशानिर्देशनलाई समेटेर रास्वपा नेतृत्वलाई सचेत बनाउँदै, ऐक्यबद्धता र समर्थन जुटाउन यहि डिसेम्बर ३० तारिख टोकियो कामतामा रहेको चौतारो रेष्टुरेण्टमा भेला आयोजना गरिएको छ ।
प्रवास नेपाली सम्पर्क बिभाग जापान समिति घोषणा सहित अंग्रेजी नयाबर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपालि सम्पर्क बिभाग केन्द्रिय समिति सदस्य रहनुभएका दिलेन्द्र जोशीले बताउनु भयो ।
कार्यक्रमको प्रमुख आथित्यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र विशिष्ट अथितीमा पार्टीका उप सभापति डिपी अर्यालले अनलाइन मार्फत सम्बोधन गर्ने भएका छन् ।
कार्यक्रममा वर्तमान तदर्थ समितिलाई आधिकारिक समिति घोषणा संगै पार्टी भित्र प्रवास नेपालि सम्पर्क बिभागको भूमिका र जापानमा बस्ने नेपालीहरुले राष्ट्र परिवर्तनको लागि कस्तो भूमिका निर्बाह सक्छन् भन्ने बिषयलाई प्रस्ट्याइने बताइएको छ ।
कार्यक्रम डिसेम्बर ३० तारिख दिनको १ बजेबाट समयमै सुरु हुने भएकाले शुभेच्छुक, समर्थक तथा देशमा सकारात्मक परिवर्तन र राष्ट्रिय हित चाहनुहुने सबैमा उपस्थितिको लागि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रिय समिति सदस्य समिरजंग खड्काले अनुरोध गर्नुभयो ।

