टोकियो । जापानमा एकैदिन २ जना नेपालीको निधन भएको छ । जापानको कानागावा र नागोयामा १र१ जना गरि २ जना नेपालीको निधन भएको हो।
जापानको नागोयामा ६ महिना अघि जापानी भाषा विद्यार्थीका रुपमा जापान आएका नुवाकोट ठेगाना भएका नवराज वाग्लेको सुतेकै अवस्थामा मृत्यु हुन पुगेको छ । एउटै कोठामा बस्ने नवराज शनिबार विद्यालय बिदाका दिन काम सकेर सुतेका उनि बेलुकी अबेरसम्म पनि नफठेपछि,बोलाउँदा उनि सुतेकै अवस्थामा अचेत भेटिएका थिए ।
मृतक वाग्लेको पार्थिव शरिरलाई अहिले प्रहरीको रोहबरमा हस्पिटलमा राखिएको छ । वाग्लेका भाई पनि जापानमा नै रहेका कारण घरपरिवारको निर्णय पछि अरु कामहरु अगाडी बढाउनेछ ।वाग्लेको अन्तिम दाहसंस्कार गर्न आर्थिक सहयोगको लागि जापानवासी नेपालीलाईअपिल गरिएको छ ।
त्यस्तै कानागावा पनि शनिबार एक नेपाली युवा मृत भेटिएका थिए। यस घटनालाई नजिकबाट नियाल्नेहरुका अनुसार कानागावास्थित योकोहामाको एक पार्कमा मृत भेटिएका बाग्लुङका बस्नेत थरका नेपाली युवा हुन् ।

