शनिबार, असोज ०८, २०७९

धार्दिङ समाजको नयाँ बर्ष शुभकामना र म्यूज़िक भिडियो लोकार्पण

टोकियो, १० वैशाख । धार्दिङ समाज जापानले नया वर्ष २०७४ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा जलपानसंगै एक म्यूज़िक भिडियोको लोकार्पण एक साथ गर्ने भएको छ ।
अप्रिल २९ मा नेपाली गीत संगीतको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाई सकेका धादिङ्ग जिल्लाका एक कुशल कलाकार श्याम शीतल साथै समाजसेवी एबं धादिन्ग समाज जापानका सल्लाहकार ,जापानमै बसेर सम्पूर्ण प्रदेशीको कथालाई समेटेर तयार गर्नु भएको परदेशी नामक् आधुनिक गीतको म्युजिक भिडियो सार्बजनिक गरिने कार्यक्रम रहेको समाजले जनाएको छ ।
सो शुभकामना तथा लोकार्पण कार्यक्रममा गरिमामय उपस्थितिको लागि जापानवासी धार्दिङे र ग़ैर धार्दिङेहरूलाइ बिनम्र अनुरोध गरेको छ ।

कार्यक्रमको बिबरण:
मिति:-२०१७-४-२९(शनिवार)
स्थान:- सोलमारी , मुराहल, शिनओकुवो
समय:- दिवा :- २ बजे

%d bloggers like this: