शुक्रबार, असार १२, २०८३

कास्की पोखरा समाज जापानको ५औँ अधिवेशन डिसेम्बर १८ मा आयोजना हुने

जापान। नेपालको कास्की जिल्ला स्थायी घर भई,जापानमा विभिन्न पेशा व्यवसायमा आवद्ध कास्केलीहरुको साझा संस्था कास्की पोखरा समाज जापानको ५ औँ अधिवेशन डिसेम्बर १८ तारिख टोकियोमा आयोजना हुने भएको छ ।

जापानमा रहेका सक्रिय सस्था मध्येको एक कास्की पोखरा समाज जापान(के पी एस)को पांचौ अधिवेशनले २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एवं अधिवेशनको सबै तयारी पुरा भएको अध्यक्ष बिष्णु प्रसाद सुबेदी ( विश्व )ले जानकारी गराएका हुन् ।

संस्थाका प्रवक्ता दिपक सुनारका अनुसार,डिसेम्बर १८ तारिक हुने अधिवेशनका लागि कास्कीआदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपालका उपाध्यक्ष विकास पौडेलको संयोजकत्वमा कास्की पोखरा समाज जापान ( के पी एस)का संस्थापक अध्यक्ष जेपि पन्डित,पूर्व अध्यक्ष शिव प्रसाद पौडेल,निवर्तमान अध्यक्ष विकास श्रेष्ठ र सल्लाहकार मोहन पौडेल सम्मिलित निर्वाचन समिति बनाईएको छ ।

कास्की पोखरा समाज जापानले जापानमा बसोबास गर्ने सबै कास्केलीहरुलाई अधिवेशनमा सहभागि भईदिनका लागि पनि अनुरोध गरेको छ ।