शनिबार, बैशाख ०८, २०८१

स्याङ्जा समाज नागोयाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नागोया । स्याङ्जा समाज जापान, नागोयाले नागोयामा नोभेम्बर २७ तारिकका दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जापान सरकारको रक्तदान सम्बन्धी निती नियमको पालना गर्दै जापानको (नागोया सि नाका कु साकाय ३ – १५ – ३३ साकाय गासु बिरु को ९ तल्लामा ) रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममामा ५० जनाको उपस्थितती रहे पनि विविध करणवस २९ जनाले मात्र रक्तदान गरेको महासचिव एवं कार्यक्रम संयोजक मनोज ढुंगानाले जानकारी दिएका छन् ।

कार्यक्रममा एन आर एन एआई सिसी सदस्य दीपक कार्की ,अन्तर्राष्ट्रीय साहित्य समाज बोर्ड अफ ट्रस्टी सदस्य विष्णु प्रसाद घिमिरे ,एन आर एन एन जापानका उपाध्यक्ष राजकुमार अधिकारी , एन आर एन ए जापानका सचिब श्याम शितल ,नेपाल बिद्यार्थी संघ जापानका अध्यक्ष अजय राना , एन आर एन ए नागोया क्षेत्रका सन्योजक मनोज बम मल्ल ,समाजसेबी डिलाराम खरेल ,समाजसेबी कृष्ण गौतम ,पत्रकार कबिकिरण न्यौपाने ,समाजका सल्लाहकार कृष्ण रेग्मी लागाएतले सहभगिता जनाएको थियो ।

जापानमा कोभिड –१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु कम भएका र रगतको संकलनको मात्रामा कमि देखिएकोले रगतको व्यवस्थापनमा सहयोग गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष निशान रानाले बताए ।कोरोनाको महामारी केही हद सम्म कम भएकोले समाजले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिनुहुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समाजका उपाध्यक्ष मित्र सिग्देलले धन्यवाद ज्ञापन गरेका छन्। समाजले बिगतका दिनहरुमा पनि बिभिन्न सामाजीक गतिविधीहरु गर्दै आईरहेको छ ।