बिहिबार, जेठ १४, २०८३

जापानबाट साईला गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

टोकियो । जापानको विभिन्न क्षेत्रमा कैद गरि निर्माण भएको दृश्यसहितको साईला गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नोभेम्बर २७ तारिख आइतबार टोकियोको रोयल गार्डेन रेष्टुरेण्टमा प्रीमियर शो गरि साईला को औपचारिक रूपमा सार्वजनिक भएको छ । नेपाल मगर संघका अध्यक्ष ओम काउचा मगर लगाएतको रोबरमा साईलाको प्रीमियर शो गरिएको हो । प्रीमियर शो कार्यक्रममा पुन क्लब जापानका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष शान्त पहरी, मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरले नेपाली कला संस्कृति जोगाउन गरेको काम को हौसल्ला गरि सहयोग गर्ने बचन दिएका थिए।

जापानमैं निर्माण गरेको उक्त म्यूजिक भिडियोमा कलाकारहरु सागर मगर, ट्रस्मी गर्बुजा र तोरन सारु मगर देख्न सकिने छ भने स्वर मेलिना राईले गरेको छ । साईला गीतको शब्द बिशाल राई, संगीत देब गुरुङ, छॉयाङकन प्रमोद गरुङ, कोरियोग्राफर केवल गुरुङ, मेकअप ममता तिलिजा, निर्देशक,सम्पादन र कलर गणेश थापा मगरले गरेका छन् ।

पोष्ट प्रोडक्सन तथा उक्त गीत जिएम स्टोडियोबाट हिजो आइतबारबाट नै रिलिज भएको छ । जापानको व्यस्त समयको बावजुत घाम पानी संग जुद्दै ३ दिनको अथक प्रयासको छॉंयाकंन पछि साईला म्यूजिक भिडियो यहॉंहरु मॉंझ ल्याउन सफल भई प्रीमियर शोमा र सहयोग गर्नु हुने सबैलाई निर्देशक गणेश थापा मगरले धन्यवाद दिए ।