सोमबार, जेठ १४, २०८१

रंगीन साँझको लागि ज्योति,पुष्कल,स्मृती जापान आउँदै

टोकियो,९ वैशाख । गोल्डन विकको अवसरमा टोकियोमा रंगिन साँझ आयोजना गरिने भएको छ । रंगिनसंसार डटकमलेआयोजना गरेको सो कार्यक्रममा,गायिका तथा मोडल ज्योती मगर, लोक(गायक तथा मोडल पुष्कल शर्मा, नृत्याङ्गना तथा म्युजिक भिडियो निर्देशक स्मृती तिमील्सिना ‘गुरुआमा’ लगायतका कलाकार जापान आउने भएका छन ।

कार्यक्रम मेई ४ तारिख,विहिबार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने जनाईएको छ । जापानबाट सञ्चालन गरिएको मनोरञ्जनात्मक अनलाईन न्युज पोर्टल, रंगिनसंसार डटकमको को सोहि कार्यक्रममा औपचारिक उद्घाटन गरिने पनि आयोजकले बताएका छन । समारोहमा,जापानबाट सक्रिय पत्रकारिता गरेका एकजनालाई ५० हजार जापानी यनको ‘रङ्गिन पत्रकारिता पुरष्कार’ प्रदान गरिने रंगिनसंसार डटकमका मुक्ती सुवेदीले जानकारी दिनु भयो ।
सो कार्यक्रम दिनको ३ बजेबाट मेगुरो स्टेशननजिक रहेको मेगुरो कुमिन सेन्टर हलमा हुनेछ ।