शुक्रबार, बैशाख ०७, २०८१

प्रमिला राईको ‘समयको खेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

टोकियो । जापानलाई कर्मथलो बनाउँदै आउनु भएकी प्रमिला राईको ‘समयको खेल’ बोलको गीतको म्युजिक भिडियो हालसालै मात्र सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो लक्ष्मण भण्डारी अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तोरेम्पा हाङ्को संगीतमा रहेको उक्त गीत राजेश पायल राईको स्वरले सजिएको छ । लक्ष्मण भण्डारीको निर्माण तथा अभिनय रहेको म्युजिक भिडियोको निर्देशन कृष्ण श्रेष्ठले गरेका हुन् । भिडियोमा लक्षमण भण्डारी स्वयं र मोडल आयुष्मा कार्कीको अभिनय रहेको छ ।

नव गीतकार राई विगत केही वर्षदेखि साहित्य सिर्जनासँगै गीत लेखनमा समर्पित छिन् । प्रमिलाको परिचय सामाजिक अभियन्ताको रूपमा पनि उत्तिकै रहेको छ ।

किरात राई यायोक्खा, जापान शाखाका उपाध्यक्ष रहेकी प्रमिला नेपालआदिवासी जनजाति साहित्यकाररलेखक महासङ्घ, जापान शाखाका सह–सचिव तथा नेपाल आदिवासी जनजाति महासङ्घ, जापानको सदस्य लगायत आधा दर्जनभन्दा बढी विभिन्न सङ्घसंस्थामा समेत सक्रिय रहेकी छिन् ।

यस्तो छ समयको खेल पुरा भिडियो