बुधबार, माघ १८, २०७९

नागोयामा सम्पन्न दोस्रो नेपाल फेष्टिवल २०२२ को आयव्यय सार्वजनिक, नगद २५ लाख बढी बचत

नागोया । गत सेप्टेम्बर ३ र ४ तारिख जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको नेपाल फेष्टिवल नागोया २०२२ को आयव्यय सार्वजनिक भएको छ।

नोभेम्बर १९ तारिख शनिवार नागोयामा एक कार्यक्रम गरि नेपाल फेष्टिवल नागोया २०२२ को आय-व्यय सार्वजनिक कार्यक्रम सम्पन्न गरिएको हो। फेष्टिवलबाट जापानी २५ लाख ५५ हजार २२१ येन नगद र कबुल गरेर उठ्न बाँकी रहेको ७ लाख येन गरि ३२ लाख ५५ हजार २२१ येन बचत सहित गत फेस्टिबल सपन्न भएको निष्कर्ष सहित नेपाल फेस्टिबल आयोजक मुल समितिले जिम्मेबारी पुरा गर्दै फेस्टिबलको सम्पुर्ण आर्थिक तथा भौतिक सम्पत्ती एनआरएनए नागोया क्षेत्रीय समितिलाई हस्तान्तरण गरेको फेष्टिवल आयोजक समितिका सांस्कृतिक संयोजक तथा एनआरएनए जापानका सचिब श्यामकुमार श्रेष्ठ’सितल’ ले जानकारी दिनुभयो ।

फेस्टिवलमा १ करोड ५ लाख १० हजार १ येन आर्थिक संकलन भएको र पारदर्शीताको लागि सम्पूर्ण हिसाब सार्वजनिक बताइएको छ। नागोयामा भएको नेपाल फेष्टिवलको हरेक कारोवार बैंकबाट गरिएको र केहि रकम बोलेर पनि नउठेको फेष्टिवलका आर्थिक संयोजक डिलाराम खरेलले बताए।

नागोंयामा दोस्रो पटक सम्पन्न फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका थियो । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिवलमा जापनिजहरुले पनि मनोरञ्जन लिई रहेका थियो । फेष्टिवलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा। मिलेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेष्टिबल आयोजक समिति संयोजक दिपक कार्कीले गरेका थिए ।

%d bloggers like this: