टोकियो । जापान चिरपरिचित गायक अमर गुरुङले ‘घर त पोखरा’ बोलको गित सार्वजनिक गर्नु भएको छ।
टोकियोको ओमोरी स्थित न्यू सारंगी रेस्टुरेण्टमा शनिवार एक कार्यक्रमको आयोजाना गरि उक्त गितको म्युजिक भिडियो प्रिमियर शो गर्नु भएको हो ।
गायक दिलीपजंग खत्रीको शब्द र संगीत रहेको उक्त गितमा कलाकारहरु जिबेशसिंह गुरुङ, मुस्कान गुरुङ, दिपक थापा मगर, मिना कुमारी गुरुङ, बिनिता तामाङ, बिनिता गुरुङ, शोम बहादुर गुरुङ रहेको छ भने भिडियोमा जिबेशसिंह गुरुङ र मुस्कान गुरुङले मुख्य भूमिका निर्बाह गरेका छन्।
गीतको भिजुवल, एडीट र डाइरेक्सन नेत्र गुरुङले गरेका हुन् भने दिलीपजंग खत्रीको युट्युब च्यानलबाट हेर्न सकिनेछ ।
इन्डियामा जन्मनु भएको गायक गुरुङको पुर्खौली घर कास्कीको फ़ुङ्गदी भुम्दी पलैचे पोखरा हो भने मामा घर कुल्मा स्याङ्गजामा माध्यामिक तहसम्म अध्ययन गरेर पीएम क्याम्पसमा अध्ययन गरेका गुरुङ बिद्यार्थी जिबनादेखी नै गित-संगीतमा रुचि राख्ने गर्दथे ।
गायक गुरुङले “मजधारमा छोड्यौ” ‘र्हिदयभरि सम्हाली राख” र गुरुङ गित गित समेत गाइसक्नु भएको छ ।
जापानस्थित विभिन्न सामाजिक संघ संगठनमा समेत सक्रिय रहेका गुरुङ तमु धीं जापान र एनआरएनए जापानका सल्लाहकार सदस्य समेत हुन् ।
म्यूजिक भिडियो प्रिमियर शो नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, एनआरएनए एशियाका उप-संयोजक ददिवल खड्का, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दि गौचन, तमु धीं जापानका उपाध्यक्ष चित्र तमु, नेपाल पत्रकार महासंघ जापानका कार्यसमिति सदस्य प्रमेश गुरुङ लगायतले उक्त गीतको प्रिमियरमा उपस्थिति गरेको थियो भने गीतको शुभकामना मन्तब्य समेत दिएका थिए ।
कार्यक्रमको संचालन पत्रकार रंगकर्मी सचिन आचार्यले गर्नु भएको थियो ।
पूरा भिडियो

