शुक्रबार, बैशाख ०७, २०८१

“ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी उक्त भिडियोमा माधव आर.खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन, सम्पतिसंग तुलना गर्नुका साथै मिलन र विछोडको कथालार्इ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने सम्पादन क्यामोदिन मियाँले गरेका छन् ।

त्यसैगरी, एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा स्थिर छायांकारका रुपमा राजन खरेल रहेको छन् भने एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंगसंयोजन गरेका छन्। उक्त म्युजिक भिडियोलाई आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/oLOuYE9HX8g