मङ्गलबार, बैशाख ०८, २०८३

जापानको गुन्मा केनमा ४२ वर्षीय नेपाली महिलाको चक्कु प्रहार गरि हत्या

टोकियो । जापानको गुन्मा केनस्थित इसेसाकी शहरको एक अपार्टमेन्टमा बस्ने ४२ वर्षीय नेपाली महिलाको चक्कु प्रहर गरि हत्या गरिएको छ ।

जापानको संचारमाध्यम एनएचकेको अनुसार चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएकाले अधिकारीको हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान र हत्याराको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब ११:३० बजे इसेसाकी शहरको ओटा-चोमा रहेको सो अपार्टमेन्टमा बस्ने अर्कों एकजनाले प्रहरीलाई जानकारी गराएसंगै सो हत्या गरेको भेटिए प्रहरीले जनाएको छ ।
प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्याईए पनि मृत्यु भएको पुष्टि अस्पतालले गरेको थियो ।

मृतकको शरीरमा चक्कु प्रहार गरी चोट लागेको प्रहरीले जनाएको छ । साथै चक्कु लिएर एकजना व्यक्ति पनि घटनास्थलबाट निस्किएको देखेकोले प्रहरीले हत्यामा संलग्न फरार भएको व्यक्तिको खोजी गरिरहेको छ ।
प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुडको गलकोट रहेको बताईएको छ ।

मृतक अधिकारीको श्रीमान जापानमा रहेका र उनको १७ वर्षीय छोरा नेपालमा रहेका छन ।
जापानमा यो घटनासंगै यसै हप्ता ३ जना नेपालीको मृत्यु भएको छ ।