शुक्रबार, असार १२, २०८३

जापानका उप-विदेशमन्त्री ताकेइ निर्वाचन पर्यवेक्षकका लागि नेपाल जाने

टोकियो । नेपालमा मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनको पर्यवेक्षणको रूपमा जापान सरकारका उप-विदेशमन्त्री ताकेइ स्युनसुके नेपाल जाने भएका छन्।

जापानको विदेश मन्त्रालयले बुधवार जारी गरेको सूचना अनुसार उनी संघिय र प्रदेश सभाको निर्वाचन पर्यवेक्षक प्रमुखको रुपमा नेपाल जान लागेका हुन् ।

नोभेम्वर २० तारिख हुन गैरहेको निर्वाचनलाई पारदर्शी,निष्पक्ष र शान्तपूर्ण तवरले सम्पन्न होस् भन्ने जापानको चाहना हो’विदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा भनिएको छ । जापानका तर्फबाट निर्वाचन प्रयवेक्षण गर्न पर्यवेक्षक प्रमुखका रुपमा उप(विदेश मन्त्री ताकेइलाई नेपालमा खटाइएको विज्ञप्तीमा जनाईएको छ ।

उप-विदेशमन्त्री ताकेइ ४ सदस्यीय टोली १९ तारिख नारिता विमानस्थलबाट नेपालतर्फ प्रस्थान गर्नेछन्। २० तारिख निर्वाचन सकिए पछी उनी २१ तारिख भुटान र २४ तारिख बङ्गलादेश हुँदै २५ तारिख जापान फर्कने तालिका रहेको छ । जापानका उप- विदेशमन्त्री प्रमुख पर्यवेक्षकका रुपमा नेपाल जान लागेको टोकियो स्थित नेपाली दुतावसका उप-नियोग प्रमुख तथा प्रवक्ता अम्बिका जोशीले पुष्टि गरेको छ । ‘उप- विदेशमन्त्रीज्यू नेपालमा रहदा उच्चस्तरीय राजनीतिक भेटघाट गराउने गरी गृहकार्य भैरहेको छ।