बुधबार, बैशाख १२, २०८१

ङवाङ दोर्जी शेर्पाको संयोजकत्वमा नेपाल शेर्पा संघ जापानको चिवा क्षेत्रीय समिति गठन

फुर्वा शेर्पा, टोकियो जापान । आम शेर्पा जातिहरुको साझा संगठन नेपाल शेर्पा संघ जापानले चिवा क्षेत्रीय समिति गठन भएको छ । आज टोकियो सिनकोइवास्थित भिन्तुना डाइनिङमा भएको भेलाले नेपाल शेर्पा संघ चिवा क्षेत्रीय समिति गठन भएको हो ।

नेपाल शेर्पा संघ जापानका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले ङवाङ दोर्जी शेर्पाको संयोजकत्वमा १५ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ । उक्त भेलाबाट सह–संयोजकमा निमा दावा शेर्पा , सचिवमा छिरिङ शेर्पा, सहसचिवमा दोर्जि शेर्पा, कोषाध्यक्षमा पासाङ शेर्पा, सहकोषाध्यक्षमा डोल्मा शेर्पा, सदस्यहरुमा क्रमश ः कुमारी शेर्पा किन्जु शेर्पा, छिरीङ दोर्जी शेर्पा, केसाङ शेर्पा, मिङमा छिरीङ शेर्पा, दोर्जी शेर्पा, ग्याल्जेन शेर्पा, लाक्पा ग्याल्जेन शेर्पा र फुर्वा किन्जु शेर्पा चयन गरेको छ ।

नेपाल शेर्पा संघ केन्द्रिय कार्यसमिति अध्यक्ष सोनाम शेर्पा, महासचिव पासाङ रिन्जी शेर्पा, कोषाध्यक्ष दाफुरी शेर्पा, सचिव साङगे तेम्बा शेर्पा र सदस्यद्धय फुर्वा शेर्पा र दाल्हमु शेर्पाको उपस्थित रहेको कार्यक्रमको सहजीकरण महासचिव पासाङ रिन्जी शेर्पाले गरेका थिए।

नवगठित नेपाल शेर्पा संघ जापानले चिवा क्षेत्रीय समितिका पदाधिकारीहरुलार्इ केन्द्रिय कार्यसमिति अध्यक्ष सोनाम शेर्पाले पद तथा गोपनियताको सपथ गराएका छन्। अध्यक्ष शेर्पाले बधार्इ दिदै नेपाल शेर्पा संघको बारेमा प्रष्ट पार्नुका साथै संघमा जापानबासी सबै शेर्पाहरुलाइ समेटेर सहकार्य गर्दै व्यापक रुपमा अगाडि बढ्ने बताए ।

महासचिव पासाङ रिन्जी शेर्पाले संघलाइ नयाँ शिराबाट अगाडि बढाउन शेर्पा युवाहरुको सहभागिता आवस्यक रहेकोले सबैलाइ सहज हुने माध्यम फेसबुक मार्फत नेपाल शेर्पा संघको फेसबुकमा जोडिन सबै जापानबासी शेर्पाहरुलाइ अनुरोध गरे ।

सर्वसम्मतरुपमा मनोनित भएका नेपाल शेर्पा संघ जापानका चिवा क्षेत्रीय समितिका अध्यक्ष ङवाङ दोर्जी शेर्पाले चिवा क्षेत्रमा रहेका शेर्पा विद्यार्थीहरुलाइ अध्ययन तथा रोजगारीका क्रममा परेका समस्यामा सहयोग गर्ने र नेपाली बाट नै हुने ठगीबाट बचाउन संघले मार्गनिर्देशन सल्लाह सुझाव दिनुका साथै केन्द्रसंग समन्वय गर्दै जापानबासी शेर्पाहरुलाइ एकत्रित बनाउन महत्वपुर्ण भुमिका निभाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

यसैवीच, नेपाल शेर्पा संघ केन्द्रिय कार्यसमिति जापानले चिवा क्षेत्रिय समितिसंग मिलेर बृहत ल्होसार कार्यक्रम र जनवरी २२ तारिख फुजिक्यु स्कीरेजरमा स्कीटुर आयोजना गर्ने निर्णय समेत गरेको छ । बृहत ल्होसार कार्यक्रमको मिति र स्थान अनि स्की टुरबारे बैठकबसी विस्तृत जानकारी संघले पुन बैठक बसी आधिकारिक पेजबाट जानकारि गर्ने भएकोले सबै जापानबासी नेपालीहरुलाइ उपस्थितिको लागि महासचिव पासाङ रिन्जी शेर्पाले सादर अनुरोध गरे।