बिहिबार, असोज २४, २०८१

टोकियोमा निधन भएका स्व.डाँगीको अप्रिल २१ मा अन्त्येष्टी गरिने

जापान ,७ वैशाख । झापा शनिश्चरे ३ का ८ महिना अघि जापान आई कामतास्थित राईस सेन्टर बेन्तोमा कार्यरत रहि १५ अप्रिलमा असामयिक मृत्यु हुनुभएका स्व खेमराज डाँगीको अन्त्येष्टि कार्यक्रम भोलि शुक्रवार गर्ने भएको छ ।

स्व डाँगीको भावपूर्ण श्रद्धान्जली सहित अन्त्येष्टि कार्यक्रम भोलि अप्रिल २१ तारिक शुक्रवार दिनको २ बजे निशी गोताण्डास्थित किरीगीया साईज्योउमा गरिने जानकारी एनआरएन जापानका उपाध्यक्ष श्री देविलाल भण्डारीले जानकारी दिनु भएको छ ।
साथै झापाली समाज जापानका महासचिव चुडामणि काफ्लेले अन्त्येष्टी कार्यक्रममा सहभागी भई मृत आत्मालाई भावपूर्ण श्रद्धान्जली दिनको लागि उपस्थिति भईदिन हुन जापानमा रहनुभएका समस्त नेपालीहरुमा अनुरोध गर्नुभएको छ ।
डाँगीको अस्तु यथाशिघ्र चाँडै नै नेपाल पठाउनको लागि आवस्यक सम्पूर्ण तयारी पनि सकिसकेको जानकारी उपाध्यक्ष भण्डारीले दिनुभएको छ ।
मृतक डाँगीको श्रीमती ,६ बर्षको एक छोरा र बुवा आमा रहेको जानकारी मृतकका सालो राजकुमार कुँवरले बताउनुभएको छ । साथै मृतकको परिवारको आर्थिक स्थिति अत्यन्त नाजुक भएकोले जापानमा अवस्थित विभिन्न संघसंस्था, पेशाकर्मी, व्यवसायी लगायत समस्त सहयोगी मनहरुमा सहयोगको अपिल गर्नुभएको छ ।

अन्त्येष्टी कार्यक्रमको विस्तृत विवरण
मिति : २०१७/०४/२१ तारिक शुक्रवार समय : २:०० बजे (दिउँसो )
श्रद्धान्जली कार्यक्रम १:३० बजे (दिउँसो )
स्थान : तोक्यो तो सिनागावा कु निशि गोताण्डा ५-३२-२०
東京都品川区西五反田5-32-20 Tel : 03-3491-0213
सम्पर्क : देवीलाल भण्डारी ( उपाध्यक्ष – एनआरएन जापान ) ०८०-४७१७-४८८६

अार्थिक सहयोगको लागि राजकुमार कुँवर ( खाता नं : १८१२०- ३२२३०४११)