सोमबार, भदौ २४, २०८१

नयाँ शक्तिको प्रवासी संगठन आइएनएसको कानागावा ईलाकामा खत्री

योकोहामा,७ वैशाख । “अबको निकास आर्थिक विकास, सम्भव छ समृद्धि हाम्रै पालामा” भन्ने नारा बोकेर स्थापना भएको नयाँ शक्ति नेपाल पार्टीको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज (आइएन्एस) जापानको संगठनले आफ्नो सागठानीक प्रकृया तिब्र बनाउदै कानागावा ईलाकाको अधिबेसन शेर बहादुर खत्रीको अध्यक्षतामा दुई जना सदस्य मनोनित गर्ने गरी ३५ सदस्यिय समिती चयन गरेको छ ।
उक्त ईलाकाको तदर्थ समितीका पुर्व संयोजक शेर बहादुर केसी को सभापतित्वमा नयाँ शक्ति नेपाल पार्टीको केन्द्रिय समिती सदस्य तथा जापानका संयोजक पदम सिंग ठगुन्नाको प्रमुख आतिथ्यमा संम्पन्न भएको अधिवेशनमा प्रबक्ता भुवन रोका, कान्तो संयोजक राजु केसी, सचिवालय सदस्य माधव सिग्देलको आतिथ्यता रहेको थियो ।

सचिवालय समिती सदस्य तथा कानागावा तदर्थ समितीका सदस्य अर्जुन सापकोटाले संचालन गरेको कार्यक्रममा याम बहादुर बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जापान संयोजक पदम ठगुन्नाले संबोधन गर्दै पार्टीको निति तथा उदेश्य, प्रबक्ता भुवन रोकाले नेपालमा राजनैतिक परिबर्तनले गणतन्त्र सम्म पुर्याईसकेकोले यी परिबर्तनहरुको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्नको लागी नयाँ शक्ति पार्टी स्थापना भएको प्रष्ट पारेका थिए। राजु केसीले पार्टीका राम्रा योजनाहरुमा साथ दिदै नकारात्मक पक्षलाई सल्लाह सुझाब दिन आग्रह गरे, माधव सिग्देलले काम र ब्यबसायबाट बचेको समय पार्टी बिस्तारमा लाग्न सबैमा अपिल गरेका थिए।

औपचारिक कार्यक्रमको समापन गर्दै शेर बहादुर खत्रीले कार्यक्रममा उपस्थित हुने र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण अभियन्ताहरुलाई धन्सबाद दिदै पार्टी बिस्तारमा लाग्न आग्रह गरेका थिए।

अधिबेशनले सर्बसहमतिमा निम्न बमोजीमको कार्यसमिती गठन गरेको छ ।
अध्यक्ष : शेर बहादुर खत्री
उपाध्यक्ष: अर्जुन सापकोट
नवराज आचार्य
सचिब: निरा रानाभाट
कोषाध्यक्ष: चुडामडी पौडेल
सह सचिब: याम बिक
सह कोषाध्यक्ष: रुद्रलाल कडेल
सदस्यहरु:
चन्द्र गुरुगं
अमृत सुनार
शिब थपलिया
सन्देश घिमीरे
निराजन कार्की
मनोज केसी
सुरज मरासैनी
शमिर आचार्य
पवित्रा दाहाल
सुमन सापकोट
सन्जु शर्मा
परलमान रोका
उज्वल रेग्मी
रबिन्द्र भण्डारी
कृष्ण प्रजापति
रबिन्द्र राना
देब खत्री
प्रबिन बराल
प्रकाश कडेल
खेम प्रसाद पाध्या
रविलाल विश्वकर्मा
राजन सुबेदी
राम बिक
प्रेम शर्मा
दुर्गा आचार्य
लक्ष्मण खत्री