जापान । नेकपा (एमाले) समर्थित प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशनको लागि जापानबाट १६ जना नेपाल प्रस्थान गरेका छन ।
ओएनएफ आइसीसीको यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने पहिलो अधिवेशनमा विश्वभरबाट नेपाल जानेक्रममा जापानबाट १६ जना स्वदेश गएको ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनुभयो।
“सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूलनाराका साथ काठमाडौँमा आयोजना गर्न लागिएको अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सय प्रतिनिधि सहभागी हुनेछन।
अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ।

