बिहिबार, असोज २४, २०८१

आगामी मे ३१ सम्म एनआरएनए जापानको नयाँ सदस्यता लिन सकिने

जापान,५ वैशाख । प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवाशीय नेपाली संघ एनआरएनए जापानले आगामी मे ३१ सम्मका लागि नयाँ सदस्यताको लागि आव्हान गरेको छ ।
नयाँ सदस्यता तथा नविकरण मे महिनाको ३१ तरिखसम्म मात्र खुल्ला रहने जानकारी गैर-आवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाले दिएका छन् ।
सम्पूर्ण पंजीकृत सदस्यहरुको कार्ड सम्बन्धित क्षेत्रमा पुगीसकेको जानकारी दिँदै उनले कार्ड प्राप्त गर्न आफ्नो क्षेत्रको संयोजकसंग सम्पर्क गर्न अनुरोध गरेका छन् । कान्तो क्षेत्रको कार्डहरु एनआरएनए जापानको अफिसबाटै वितरण भईरहेको समेत उनले बताएका छन् ।

अध्यक्ष थापाका अनुसार एनआरएनए जापानको सदस्यता कार्ड हुनेहरुले भन्दा बढी कम्पनिहरुबाट सहुलियत लिन सक्ने छन्, जसमा रेमिटेन्स सेवामा ५० प्रतिशत रिसोर्ट/ होटलमा २० प्रतिशत, कोठा, इन्टरनेट लगायतका सेवाहरुमा २० प्रतिशत, रेस्टुराँहरुमा २० प्रतिशत, भिजा सर्भिसमा २०प्रतिशत, नेपाली जाक्कामा १० प्रतिशत लगायत छन् ।

२०१५-२०१७ मा सदस्यता लिनु भएका महानुभाबहरुले नबिकरण कोलममा गएर एनआरएनए जापानले उपलब्ध गराएको अस्थाई पासवर्डको सहायताले नबिकरण गर्न सक्नेछन् साथै २०१५-२०१७ मा सदस्यता नलिनु भएका महानुभाबहरुले नयाँ सदस्यता कोलममा गएर नयाँ सदस्यता लिन सक्ने छन् । नबिकरण तथा नयाँ सदस्यताको लागि १००० यन एनआरएन जापानको जापान पोस्ट बैंकको खाता ( JP POST 10010-52370361 ) मा जम्मा गरि एनआरएन एप मार्फत सदस्यता लिन सकिने थापा बताउँछन् । आबस्यक जानकारी सहयोगको लागि नजिकको क्षेत्रिय संयोजक र कार्यसमिति सदस्यहरु अथवा केन्द्रका कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।