जापान । आउदै गरेको अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ ।
सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् ।
कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले सञ्चालन हुन लागेको कार्यक्रम जापानका आधा दर्जन बढ़ी सहरमा हुनेछ । लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ मा टोकियोको रोपंगी जेस नाइटमा हुनेछ ।
टोकियोसहित ओसाका, नागोया, फुकुओका, ओकिनावा, सिजोओका, सेन्दाई लगायतका सहरमा समेत कन्सर्ट हुनेछ ।
आयोजक खिमराज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिनेछ ।

