टोकियो । जापानमा बस्ने घान्द्रुकेहरुको साझा सस्था ब्रेज मेश्रो घान्द्रुक समाज जापानको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
गत १६ तारिख आईतबारको दिन याको स्थित साकुरा पार्कमा समाजको संरक्षक बुद्धी गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकले समाजको उपध्याक्ष बिजय गुरुङको नेतृत्वमा नयाँ कार्य समिती (२०२२- २०२४)चयन गरिएको छ ।
अध्यक्षमा बिजय गुरुङ, उपध्यक्षद्दय हनिल गुरुङ, कृष्णमान गुरुङ, महासचिबमा युक्तमान गुरुङ, सचिब पुषकल गुरुङ, सह-सचिब- हरी प्रसाद गुरुङ कोषध्याक्ष राम गुरुङ सह-कोषध्याक्ष वीर बहादुर गुरुङ महिला संयोजक- नबिना गुरुङ आर्थिक संयोजकद्दय राजु गुरुङ/ राजु गुरुङ, सांस्कृतिक संयोजक- याम गुरुङ युवा संयोजक बिजु गुरुङ सदस्यहरु:- कुमार गुरुङ, रविन गुरुङ, प्रबेश गुरुङ, दिपेश गुरुङ, खुशीमान गुरुङ, दिनेशमान गुरुङ, चन्द्रमान गुरुङ, कृष्ण गुरुङ, प्रबिण गुरुङ, र सुनिल गुरुङ रहेको छ । २०१४ सालमा स्थापना भएको यो सस्थाले बिगतका दिनहरुमा धेरै कार्यक्रमहरु आयोजना गरी सकेको छ जसमध्ये ब्रेज मेश्रो घान्द्रुक साँझ कार्यक्रम सफल रुपमा सम्पन्न गरी बिभिन्न ठाउँमा भौतिक आर्थिक सहयोगहरु गर्दै आई रहेको छ जापानमा सकृया रुपमा रहेको यो समाज निवर्तमान अध्यक्ष राम गुरुङ (रामु) को असामयिक् निधन तथा बिश्वब्यापी रुपमा फैलिएको कोभिड-19 कोरोना कहर र बिबिध कारणहरुले गर्द अधिबेशन हुन नसकेको र अब नयाँ कार्यसमिती गठन संगै पुन सकृया भई निरन्तर रुपमा सस्थालाई बिकास र स्थापित गर्ने कुरा महासचिब युक्तमान गुरुङले बताउनु भयो ।
समाजका पुर्व अध्यक्ष तथा संरक्षक बुद्दी गुरुङ र महिला संयोजक नबिना गुरुङले गत शनिबार कवासाकी स्थित मामा घर रेस्टुरेन्टमा दसैं तिहारको शुभकामना भेटघाट कार्यक्रममा नयाँ निर्बाचित कार्यसमितीलाई खाता लगाइ बधाई र सम्मान गरिएको थियो भने नेपालबाट जापान आएको नयाँ सद्स्यहरुलाई पनि सो कार्यक्रममा खाता लगाइ स्वागत गरिएको कुरा नव निर्बाचित अध्यक्ष बिजय गुरुङले बताउनु भयो ।

