जापान । काभ्रेली समाज जापानको आयोजनामा अक्टोबर ३० तारिख आइतबारको दिन “चौथो काभ्रेली कप” आयोजना गर्ने भएको छ ।
काभ्रेली समाज जापानको आयोजनामा अक्टोबर ३० तारिख आइतबारको दिन “चौथो काभ्रेली कप” आयोजना गर्ने भएको हो । नेपाल तामाङ समाज जापानको सहयोगमा र समाजसेवी निमा लामा शेर्पाको प्रमुख अतिथ्यमा खेल रहने कुरा कार्यक्रम संयोजक देबेन्द्र योन्जनले जानकारी दिनुभएको छ । खेललाई भब्य र सब्यरुपमा सफल गर्नको लागि ओसाकाबाट समाजसेवी लाल तामाङ,टोक्योबाट नेपाल तामाङ समाज जापानको अध्यक्ष कर्साङ तामाङ,समाजसेवी निमा लामा शेर्पा र समाजसेवी बाल कृष्णा कडेल(हिमाल)ले विशेष सहयोग गरेको गरी अहिले सम्म ३४ टिम फिक्स भैसकेको हुदा केहीदिन मात्र बाँकी रहेकोले खेल प्रेमीहरुलाई चाडो भन्दा चाडो अफनो टिम दर्र्ता गरि दिन अनुरोध पनि गर्नु भएको छ।
यसै गरी यही आऊदो अक्टोबार २३ तारिख को दिन सोलमारी मूरा हल रेस्टरेंटमा ठीक दिउसो १२ बजे बाट Tei-sheet कार्यक्रम जानकारी गराऊनु भएको छ। ५ लाख ११ हजार १ सय ११ प्रथम पुरस्कार घोषणा गरेको खेल भब्य र सब्यरुपमा आयोजना गर्नको लागि जापानमा रहनुभएका काभ्रेली तथा अन्य नेपाली समुदायहरुले सहयोग गर्ने भएको छ । TOKYO TO NISHI HACHIOJI SHI 2 FUJIMORI PARK मा हुन गइरहेको खेल हेरि भरपुर मनोरन्जन लिन र खेलाडीहरुलाइ हौसला प्रदान गरिदिन हुन सम्पुर्ण जापान प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ आयोजकले अनुरोध गर्नुभएको छ ।

